अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

तुलसीपुरमा एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरुले दु:ख भोगेका छन् : मेयर टिकाराम खड्का

बिशाल बिश्वकर्मा, चैत्र ३० 

नेपाल रेडक्रस सोसाइटी विजौरी उपशाखाले नयाँ बर्ष २०८१‌ सालको भित्तेपात्रो विमोचन, शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रमको अवसरमा आयोजित कार्यक्रमको सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले दाङमा भएको एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरुले भैरहवा, नेपालगञ्ज गएर हवाईजहाज चढ्नुपर्दा दुख पाइएको बताएका छन । एयरपोर्ट सन्चालनमा नल्याउँदा सामाजिक अगुवाहरु, सामाजिक अभियान्ताहरु, राजनितिज्ञ अगुवाहरुलाई‌ असहज हुने र सामाजिक आर्थिक विकासमा असर पर्ने गरेको उनले बताएका हुन। भावि पुस्ताको रोजगारीका लागि आधारभूत रुपमा समाजको आर्थिक, सामाजिक प्रगतिका‌ निम्ति विकास निर्माणका लागि एयरपोर्टको महत्वपूर्ण भूमिका रहेको बताएका हुन । एयरपोर्ट सन्चालनमा आउँदा ठुला-ठुला होटलहरू बन्ने र अन्य व्यापार पनि जोडिने मेयर खड्काको भनाई छ । उक्त कार्यक्रममा मेयर टिकाराम खड्काले‌ सम्पूर्ण जनमा नयाँ बर्ष २०८१ सालको शुभकामना दिएका छन । मानिस एक समाजिक प्राणि हो, उसले समाजमा बसेपछि समाजको हित हुने काम गर्नु पर्छ र रक्तदान गर्न आवस्यक रहेको उनले‌ बताएका छन ।

रक्तदान गर्दा कयौं असाय, गरिब,‌ दुःखीलाई‌ टेवा पुग्ने मयेर खडकाले बताएका छन ।

तुलसीपुर उपमहानगरपालिकाको नगर प्रमुख टिकाराम खड्काले‌ दिप‌ बालि कार्यक्रमको उदघाटन गरेका हुन ।

 

कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला उपशाखाका सभापति मदन गौतम र अतिथिका रुपमा तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वलि, तुलसीपुर उपमहानगरपालिका वडा नं १९ का वडा अध्यक्ष प्रेमनाथ योगी, सेवा आयोग अध्यक्ष श्रिधर मजगैयाँ, नेपाल रेडक्रस विजैरी उपशाखाकाको सल्लाहकार श्याम कुमार रेग्मी, बिजौरी बाणिज्य संघको अध्यक्ष रेशम राज खड्का रहेका थिए ।

नेपाल रेडक्रस सोसाइटी विजौरी उपशाखाको सदस्य मेनका शर्माले स्वागत मन्तव्य राख्दै उनले सम्पूर्णमा नयाँ बर्ष २०८१ सालको शुभकामना व्यक्त गरेकि हुन । पछिल्लो समय रक्तदान गर्ने जनशक्ति बैदेशिक रोजगारीमा पलायन हुँदा रगतको अभाव भएको उनले बताएकी हुन ।

oppo_0

उक्त कार्यक्रममा जुनियर रेडक्रस सर्कल नायक शिक्षक शंकर आचार्य,‌‌ नेपाल रेडक्रस सोसाइटी विजौरी उपशाखा सल्लाहकार श्याम कुमार रेग्मी,‌‌ बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेशम राज खड्का लगायतको‌ शुभकामना मन्तव्य रहेको थियो।

कार्यक्रममा नयाँ बर्ष २०८१ सालको शुभकामना आदानप्रदान गर्दै भित्तेपात्रो विमोचन गरिएको थियो र सो‌ अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

नेपाल रेडक्रस सोसाइटी विजौरी उपशाखाको सभापति बालकृष्ण रेग्मीको‌ सभाध्यक्षतामा रहेको कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाइटी विजौरी उपशाखाको सचिव मुकेश वलीले गरेको हुन ।‌

Leave a Reply

Your email address will not be published. Required fields are marked *