अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

तुलसीपुरको एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरू नेपालगञ्ज, भौरवाबाट हवाईजहाज चढ्न बाध्य छन्: मेयर टिकाराम खड्का

बिशाल बिश्वकर्मा, चैत्र ३०

नेपाल रेडक्रस सोसाइटी विजौरी उपशाखाको कार्यलयले नयाँ बर्ष २०८१‌ सालको भित्तेपात्रो विमोचन, शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रमको अवसरमा कार्यक्रमको सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाको नगर प्रमुख टिकाराम खड्काले तुलसीपुरमा भएको एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरुले भौरवा, नेपालगञ्ज गएर हवाईजहाज चढ्नुपर्ने बाध्यता भएको बताएका छन । एयरपोर्ट सन्चालन नल्याउँदा समाजिक अगुवाहरु, सामाजिक अभियन्ताहरु, राजनितिज्ञ अगुवाहरुलाई‌ असहज हुने र सामाजिक आर्थिक विकासमा असर पर्ने बताएका छन । भावि पुस्तको रोजगारीका लागि आधारभूत रुपमा समाजको आर्थिक, सामाजिक प्रगतिका‌ निम्ति विकास निर्माणका लागि एयरपोर्टको महत्वपूर्ण भूमिका रहेको बताएका छन । एयरपोर्ट सन्चालनमा आउँदा ठुला-ठुला होटलहरू बन्ने र अन्य व्यापार पनि जोडिने उनले बताएका हुन । उक्त कार्यक्रममा मेयर टिकाराम खड्काले‌ सम्पूर्ण जनमा नयाँ बर्ष २०८१ सालको शुभकामना दिएका छन । “मानिस एक समाजिक प्राणि हो, उसले समाजमा बसेपछि समाजको हित हुने काम गर्नु पर्छ र रक्तदान गर्न आवस्यक रहेको र रक्तदान गर्दा कयौं असाय, गरिब,‌ दुःखीलाई‌ टेवा पुग्ने” मयेर खडकाले बताएका छन ।

नयाँ बर्ष २०८१ सालको अवसरमा भित्तेपात्रो विमोचन, शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी विजौरी उपशाखाले राखेको थियो । उक्त कार्यक्रम तुलसीपुर उपमहानगरपालिकाको नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा रहेको थियो । तुलसीपुर उपमहानगरपालिकाको नगर प्रमुख टिकाराम खड्काले‌ दिप‌ बालि कार्यक्रमको उदघाटन गरेका हुन ।

 

कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाका सभापति मदन गौतम र अतिथिका रुपमा तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वलि, तुलसीपुर उपमहानगरपालिका वडा नं १९ का वडा अध्यक्ष प्रेमनाथ योगी, सेवा आयोग अध्यक्ष श्रिधर मजगैयाँ, नेपाल रेडक्रस विजैरी उपशाखाकाको सल्लाहकार श्याम कुमार रेग्मी, बिजैरी बाणिज्य संघको अध्यक्ष रेशम राज खड्का रहेका थिए ।

 

नेपाल रेडक्रस सोसाइटी विजौरी उपशाखाको सदस्य मेनका शर्माले स्वागत मन्तव्य राख्दै उनले सम्पूर्णमा नयाँ बर्ष २०८१ सालको शुभकामना प्रकट गरेको हुन । पछिल्लो समय रक्तदान गर्ने जनशक्ति बैदेशिक रोजगारीमा पलायन हुदा रगतको अभाव भएको उनले बताएकी हुन । उक्त कार्यक्रममा जुनियर रेडक्रस सर्कल नायक शिक्षक संकर आचार्य,‌‌ नेपाल रेडक्रस सोसाइटी विजौरी उपशाखार सल्लाहकार श्याम कुमार रेग्मी,‌‌ बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेशम राज खड्का लगायतको‌ स्वागत मन्तव्यबाट रहेको थियो।

कार्यक्रममा नयाँ बर्ष २०८१ सालको शुभकामना आदानप्रदान गर्दै भित्तेपात्रो विमोचन गरिएको थियो र सो‌ अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

नेपाल रेडक्रस सोसाइटी विजौरी उपशाखाको सभापति बालकृष्ण रेग्मीको‌ सभाध्यक्षतामा रहेको कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाइटी विजौरी उपशाखाको सचिव मुकेश वलीले गरेको हुन ।‌

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *