अपडेट
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस । दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

आफैले पढेको विद्यालयबाट पूर्वमन्त्री मास्की सम्मानित

तुलसीपुर,२८ चैत ।

लुम्बिनी प्रदेशका निवर्तमान अर्थमन्त्री तथा प्रदेशसभा सदस्य धनबहादुर मास्कीले आफैले पढेको विद्यालयमा पुगेर सम्मान ग्रहण गरेका छन् । बबई गाउँपालिका वडा नं.५ पदमपुर स्थित जनकल्याण माविले सोही विद्यालयमा अध्ययन गरेर अहिले सोही क्षेत्रको सांसद हँुँदै मन्त्रीसम्म भएको भन्दै त्यो विद्यालयको गर्वको विषय भएको भन्दै सम्मान गरेको हो । बुधबार भएको बार्षिक अभिभावक भेलामा मास्कीलाई सम्मान गरिएको हो । मास्कीले सोही विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरेका थिए । मन्त्री मास्कीले उक्त विद्यालयमा अध्ययनरत जनशक्ति राजनीतिमा मात्रै नभई निजामति, शिक्षक, बैंक, सुरक्षा क्षेत्र लगायत बिभिन्न क्षेत्रमा जान सफल भएको बताए ।

सोही विद्यालयमा मास्कीले अर्थमन्त्री हुँदा अधुरो भवन निर्माणका लागि ३० लाख बजेट बिनियोजन गरेका थिए । बबई गाउँपालिकाले पहिलो पटक प्रदेश सांसद पाएको हो । पश्चिम दाङ विकट क्षेत्र हो, जुन क्षेत्र दाङको कर्णाली भनेर पनि चिनाउने गरिन्छ । तर, सोही क्षेत्रबाट मास्कीले विजयी हाँसिल गरि मन्त्री भएपछि न्याय पाएको शिक्षक अभिभावक संघका अध्यक्ष तारा भण्डारीले बताए ।

त्यस अवसरमा बबई गाउँपालिकाका उपाध्यक्ष बम कुमारी खड्का, वडा नं. ५ का अध्यक्ष हर्कबहादुर श्रीस, वडा नं. ४ का अध्यक्ष टेकबहादुर वली, वडा नं. ५ का निवर्तमान अध्यक्ष डम्बर श्रीस लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *