तुलसीपुर, चैत्र २८
तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का बालबालिका तथा किशोर किशोरीहरुलाई ३ दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धी तालिम सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोग, नगर स्तरिय युवा सञ्जालको आयोजना तथा सहायता केन्द्र नेपाल, नगर स्तरिय बाल सञ्जाल र नवजागरण महिला तथा बाल संरक्षण केन्द्रको सहकार्यमा तुलसीपुर उपमहानगरपालिका वडा नं ५ स्थित ज्ञानज्योती माध्यमिक बिद्यालयमा सम्पन्न ३ दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धी तालिमको आज एक कार्यक्रमको बिच समापन गरिएको हो ।
“बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने नारा सहित तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा रहेका बालबालिका तथा किशोर किशोरीहरु लाइ लक्षित यो कार्यक्रम अहिले सम्म तुलसीपुर उपमहानगरपालिकाका १४ वडामा सम्पन्न भैसकेको र अब ५ वटा वडाहरु वडा नं ६, १०, ११, १२, १३ मा बाँकि रहेको साथै बाँकि रहेका वडामा छिट्टै तालिम सन्चालन गर्ने तयारीमा रहेको आयोजक नगर स्तरिय युवा सञ्जालका अध्यक्ष गणेश भण्डारीले जानकारी दिनुभएको छ ।
बालबालिकालाइ नेतृत्व विकासमा क्षमता अभिवृद्धी, नेतृत्व विकासमा सहजता, बालबालिका सम्बन्धी देखिएका समस्या समाधानमा नेतृत्व गर्न सिकाउनु, बालबालिकालाइ स्वंयसेवकको भावना विकास तथा आत्मिय सत्भावको भावना विकास गराउने उद्देश्यले बालबालिका तथा किशोर किशोरीहरुलाइ ३ दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धी तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
आज वडा नं ५ मा सम्पन्न समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका को उपमेयर स्यानी चौधरीले यस्ता तालिमले बालबालिका तथा किशोर किशोरीमा नेतृत्व विकास तथा क्षमता अभिवृद्धीमा सहजता प्रदान गर्ने तथा समाजमा घट्ने बालबालिका सँग सम्बन्धित घटनाहरु कम गर्न बालबालिका तथा किशोर किशोरीहरु आफै सजक हुँदा सभ्य समाज निर्माण गर्न सहज हुने बताएकि हुन ।
आजको समापन कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहनुभएको तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का का.वा वडा अध्यक्ष भिम बहादुर के.सी ले पनि बालबालिका तथा किशोर किशोरीहरु लक्षित कार्यक्रममा बजेट लगानी तथा खर्च गर्न वडा नं ५ सदैव सकारात्मक तथा बालबालिका को साथ मै रहेको बताएका हुन । “बालबालिका भनेका भविष्यका कर्णधार हुन, भोलीकोे दिनमा देश हाँक्ने यिनिहरुले नै हो । त्यसैले बालबालिका तथा किशोरकिशोरीहरु लाइ सक्षम बनाउनका निमित्त वडा सरकार सदैव साथमा र सकारात्मक छ ।” उनले भने ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का वडा स्तरिय बाल क्लबका अध्यक्ष सन्दिप परियारको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा आलोक तिवारीले स्वागत मन्तव्य सहित ३ दिन सम्म सम्पन्न तालिमम आफुहरुले सिकेको कुराहरु सुनाएका थिए भने, तुलसीपुर उपमहानगरपालिका वडा नं ५ कि वडा सदस्य मधुमति सुनार, नवजागरण महिला तथा बाल संरक्षण केन्द्र का नवराज लामिछानेले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रमको सहजिकरण आयोजक नगर युवा सञ्जालका अध्यक्ष गणेश भण्डारीले गरेका थिए ।