अपडेट
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी ग्रेट अरनिको इंगलिस स्कुलको कक्षा १२ का विधार्थीलाई विदाई राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम  राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

मन्त्री हुँदा बजेट हालेँ,अब विकास हेर्छुः मास्की

दाङ,२७ चैत 

लुम्बिनी प्रदेशको अर्थमन्त्री हुँदा आफूले हालेका बजेटको अनुगमन गर्दै प्रदेशसभा सदस्य धनबहादुर मास्की गाउँ–गाउँ पुग्ने गरेका छन् । दाङ क्षेत्र नं.३(२)बाट निर्वाचित मास्कीले गाउँ–गाउँमा गएर योजना अनुगमन गर्ने गरेका छन् । मंगलबार तुलसीपुर उपमहानगरपालिका वडा नं.११ का बिभिन्न योजनाको अनुगमन गरे । त्यस अवसरमा उनले पश्चिम दाङमा जति बजेट आएको छ, त्यो सबै कार्यान्वयनको चरणमा रहेको बताए । ति योजनाहरुको निर्माण कार्यको अनुगमनलाई अघि बढाएको उनले बताए ।‘मन्त्री हुँदा मैले बजेट हालेँ’,उनले भने‘अब ति योजनाहरुको अनुगमन गरेर, काम छिटो सक्न पहल थाल्छु ।’ केही योजनाहरु निर्माण पूरा पनि भइसकेको छ र केही योजनाहरु पूरा हुने प्रक्रियामै रहेको उनले बताए ।
मन्त्री हुँदा होस्, वा सांसद मात्रै हुँदा पनि पश्चिम दाङको विकासकालागि हलकदम लागिरहेको समेत उनले बताए ।

मंगलबार तुलसीपुर ११ स्थित शान्ति माध्यमिक बिद्यालय नवलपुरको २ कोठे भवन र चार कोठे ट्रष्ट निर्माणको अनुगमन गरेका हुन् । जहाँ मास्कीले अर्थमन्त्री हुँदा १५ लाख बजेट बिनियोजन गरेका थिए ।

 

त्यस्तै तुलसीपुर ११ बेल्टाकुरा स्थित उरहरी स्वास्थ्यचौकीको भवन निर्माणको अनुगमन गरेका थिए । जहाँ मास्कीले २० लाख बजेट बिनियोजन गरेपछि तुलसीपुर उपमहानगरपालिकाले थप गरि काम सुरु भएको थियो । ९ बर्षदेखि भवन अलपत्र भएको कुरा थाहा पाएपछि मन्त्री मास्कीले प्रदेश सरकारबाट बजेट बिनियोजन गरेका थिए ।

त्यस्तै तुलसीपुर ११ बेलगनार स्थित पातुखोलाको भएको तटबन्ध निर्माण कार्यको अनुगमन गरेका थिए । जहाँ बर्षौदेखि पातुखोलाले कटान गरेको जग्गा सुरक्षित भएको छ । मास्कीले सोही ठाउँमा २० लाख बजेट बिनियोज गरेका थिए । त्यस्तै तुलसीपुर १० गोलौरीमा निर्माण भएको सडक नालाको अवलोकन गरेका थिए । जहाँ मास्कीले ३० लाख बजेट बिनियोजन गरेका थिए ।

मन्त्री मास्कीले तुलसीपुर ११ बेलटाकुरा स्थित कृष्ण मन्दिरको पनि अनुगमन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *