डम्बर महरा, चैत २३
हाम्रो सम्बन्धको नाम के हो?
कहिले हरेक स-साना कुरा पनि सुनाउछौ तिमि-
कहिलेठुलो कुरा हुँदा पनि अत्तोपत्तो हुँदैन…
कहिले रातौ कुरा गर्छौ तिमि-
कहिले कयौं दिन सम्म पनि कुरा गर्दैनौ..
मेरो हरेक कुरा त बुझ्छौ तर-
मलाई बुझ्दैनौ..
ख्याल त गर्छौ मेरो तर-
देखाउदैनौ…
मन नपर्ने त हैन तिमिलाई म तर-
तिम्रो मन पर्ने व्यक्ति पनि हैन म…
अरुसङ्ग बोल्दा डाहाँ त गर्छौ तिमी तर-
म तिम्रै हो पनि त भन्दैनौ..
मलाई गुमाउने डर त छ तिमिलाइ तर-
म तिमीसङ्ग नहुदा पनि त फरक पर्दैन तिमीलाई..
भन्छौ तिमि मेरो आफ्नो मान्छे हौ तर-
अप्नाउन पनि चाहदैनौ तिमी..
हाम्रो सम्बन्ध को नाम के हो?