अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

छोटो समयमै दर्शकको मन जित्न सफल कमेडी सिरियल दिमाग लगा

काठमाण्डौँ, चैत्र २३
समसमायिक राजनितिक घटना क्रममा आधारित सिरियल दिमाग लगाले सफलता पूर्वक आफ्नो १२औँ भाग सार्वजनिक गरेको छ । समसमायिक राजनितिक घटनाक्रमलाई समेटेर बनाइने यो सिरियलले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ ।
प्युठान बाट काठमाण्डौँ गएर कलाकारीता क्षेत्रमा संघर्ष गरिरहेका मनोहर भण्डारीले यो सिरियलको निर्देशन गरेका हुन । मनोहर भण्डारीको आफ्नै कथा, निर्देशन तथा सम्पादन रहेको छ । पछिल्लो समय कमेडी सिरियलमा समाजमा नकारात्मक सन्देश प्रवाह हुने तरिकाले कमेडी सिरियल निर्माण भैरहेको समयमा दिमाग लगा सिरियलको निर्माण गरि फरक तरिकाले समाजमा घट्ने घटनाहरुलाइ आधार बनाएर समसमायिक घटनाकम्रमा आधारित सिरियल दिमाग लगा बनाइएको निर्देशक मनोहर भण्डारी बताउँछन । सिरियल दिमाग लगा पूर्ण रुपमा सामाजिक कथावस्तुमा आधारित सिरियल छ । कमेडीको माध्यमबाट समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्धेश्य सहित यो सिरियल निर्माण गर्ने सोँच आएको निर्देशक भण्डारीको भनाइ छ ।
यस अघि विभिन्न सिरियल हरुमा फरक फरक पात्रको रुपमा काम गर्दै आफ्नो परिचय जोेडेका भण्डारीले आफ्नै शब्द संगीतमा दर्जन धेरै गीत बजारमा ल्याइसकेका छन ।
अरु सिरियलमा काम गर्दा, अरुको निर्देशनमा काम गर्दा आफु भित्रको त्यो निर्देशन तथा लेखन कलाले स्थान नपाउँने अर्थात आफु भित्रको कला दबिएर बस्ने हुँदा आफुले नै सिरियल निर्माणमा लागेका मनोहर ले छोटो समयमै दिमाग लगा सिरियलबाट दर्शकको मन जित्न सफल भएका छन । सिरियल रिसानी माफमा गाँउलेको पात्र सँगै कथा लेखन, सिरियल बिर्खेमा मने को रोल सँगै केहि भाग कथा लेखन र सिरियल गार्हाे छ मा लुद्रेको रोलमा देखिएका भण्डारी पछिल्लो समय आफ्नै सिरियल निर्माणमा व्यस्त देखिन्छन ।

पछिल्लो समयमा उनले यहि सिरियल मार्पmत प्रत्यक्ष रुपमा १०-१२ जनालाइ रोजगारी दिएका छन । देशमै केहि गर्ने सोँच बोकेर प्युठानबाट काठमाण्डौ छिरेका मनोहरले बेलाबखतमा देश भक्ती गीत पनि बजारमा ल्याउने गर्दछन ।
समाजमा घट्ने समसमायिक राजनितिक घटनाक्रममा आधारित सिरियल दिमाग लगा सदैव सकारात्मक सन्देश सहित र समाजमा कुनैपनि दख्खल नपुर्याउने गरि काम गर्ने निर्माता टिमले बताएको छ ।

सिरियल हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *