अपडेट
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी ग्रेट अरनिको इंगलिस स्कुलको कक्षा १२ का विधार्थीलाई विदाई राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम  राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

पापमोचनी एकादशीको महत्व ?

पण्डित बालमुकुन्द देवकोटा , काठमाडौ ।  मिति २०८० साल चैत २३ गते शुक्रबार चैत्रकृष्णपक्ष पापमोचनी एकादशी तिथी प्रात: ९ / ५६ बजेसम्म हुनेछ।त्यस उप्रान्त द्वादशी तिथि आरम्भ हुनेभएकोले यो व्रतको बिधि के हो ?सर्वप्रथम कसले गर्यो ?उसले के फल प्राप्त गर्यो ?हामीले बुझ्नु जरुरि छ।श्रीकृष्णले महाराज युधिष्ठिरलाई र लोमस ऋषिले मान्धाता राजालाई बताउनु भएको इतिहास हो।पहिला बशन्त ऋतुको बेलामा अप्सरहरुले विहार गर्ने राम्रो चैत्ररथ नामगरेको बनमा च्यवन ऋषिको आश्रममा मेधावी नामगरेको ऋषि तपस्या गरेर बसिरहेको अवस्थामा मञ्जुघोषा नामकी अप्सराले ति ऋषिलाई कामदेवको बसमा पारेर मोहित बनाउँदै ऋषिको तपस्या समाप्त पार्दै ति मुनिको आचार – विचार ,तपस्या ,नियम – आचरण सवै लोप बनाई स्वर्ग जानकोलागि मेधावी ऋषिलाई बिन्तिगर्न लागिन र ऋषि मोहमापर्दै तिमि आजै आएकी हौ।अहिले मसँग बस र भोलि बिहान उज्यालो भएपछी जाउली भन्न थाल्नुभयो।हुँदा – हुँदा ति दुवै पच्पन्न वर्ष ,नौ महीना ,तीन दिन सम्म रमण गर्दै बितेछ।त्यसपछि ति अप्सराले म अव जान्छु भन्दा ऋषि भन्नुहुन्छ अव सन्ध्या गरुन्जेल बस भन्दा तिनी भन्छिन हजुरको सन्ध्या कतिलामो छ।त्यसपछि ऋषिले ध्यान गरेर हेर्दा – हेर्दै तिनीसँग सन्तावन्न बर्ष बितेको र आफ्नु जप – तप ,तपस्या ,आचार – विचार सवै कर्म लुप्त भएको देखेर “स तां शशाप मेधावी त्वं पीशाची भवेति च “अर्थात् तँ पिशाचिनी होइजा भनेर श्राप दिए।त्यसपछि ति मञ्जुघोषा हात जोड्दै बिन्ति गर्दछिन हे प्रभु यो श्राप के गर्यो भने नाश हुन्छ भन्दा ऋषि आज्ञा गर्नुहुन्छ हे पापिनी तैंले अव चैत्र महिनाको कृष्णपक्षको पापमोचनी नामगरेको एकादशीको व्रत गरिस्भने तेरो सवै पापनाश हुनेछ भनेर आफुचाहिं बाबु च्यवन ऋषिलाई यो पापको प्रायश्चित कसरी हुनेछ भनी प्रश्नगर्दा बाबु भनुहुन्छ हेर चैत्रको कृष्णपक्षमा पापमोचनी नामको एकादशी पर्दछ र त्यस एकादशीको व्रत गर्यौभने समस्त पाप नाश हुन्छ बाबाले भनेको सुनेर ति मेधवीले यो पापमोचनी एकादशीको व्रत गरे भने यता ति मञ्जुघोषा अप्सराले पनि व्रत गरेर आफ्नु श्राप समाप्तगरि स्वर्गगई यता मेधावी ऋषि पनि फेरि पुण्यवान भए। त्यसैले सम्पूर्ण मानवले आफुले जानी – नजानी गरेको पापहरु नाश गर्नकोलागी यो व्रत अवस्य लिनुपर्दछ।जसलेगर्दा पापहरु नाश हुनेछ र यो महात्म्य श्रवण मात्र गर्नाले पनि एक हजार गाई दान गरेको फल मिल्नुको साथै धेरै पुण्य प्राप्त गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *