अपडेट
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस । दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

संसदमा सम्बोधनपछि राजीनामा दिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री चौधरी 

 

दाङ, चैत्र २२

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिने तयारी गरेका छन्। विश्वासको मत पाउन सक्ने अवस्था नरहेपछि उनले राजीनामा दिने तयारी गरेका हुन्।

 

आज अपराह्न ४ बजे विश्वासको मत लिने तयारी गरिएको भए पनि विश्वासको मत नलिई राजीनामा दिने तयारी रहेको कांग्रेस संसदीय दलका सचेतक निमा गिरीले बताए। मुख्यमन्त्री चौधरीले ४ बजे संसद्लाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका हुन्।

सत्तापक्ष गठबन्धनले भने ४४ जना सांसदको हस्ताक्षर संकलन गरेको छ। एमालेका २९, माओवादी केन्द्रका १० (सभामुखबाहेक), जसपाका तीनजना, एकीकृत समाजवादीका एकजना र एकजना स्वतन्त्र सांसदको हस्ताक्षर तयारी अवस्थामा राखिएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए।

 

आज जसपाबाट कृषिमन्त्री भएका भण्डारीलाल अहिरले राजीनामा दिएका छन्। लुम्बिनीमा कांग्रेसका २७ सांसद छन्। त्यस्तै, राप्रपाका चारजना सांसद भएपछि जानकीलाल यादव भ्रष्टाचारको मुद्दा परेपछि निलम्बनमा परेका छन्।

 

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका चार सांसद भए पनि लुम्बिनीमा सरकारमा जाने वा नजाने भन्ने विषयमा निर्णय गरेको छैन। जनमत र लोकतान्त्रिक समाजवादीका तीन–तीनजना तथा राष्ट्रिय जनमोर्चाका एकजना सांसद लुम्बिनीमा छन्। ८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *