अपडेट
हेर्नुहोस् आज शनिबारको राशिफल बैशाख ७ गते शुक्रबारको राशिफल हेर्नुहोस बैशाख ६ गते बिहिबार को राशिफल हेर्नुहोस थारमारे दुर्घटना अवडेट : २२ जना घाइते, ९ जनालाई रिफर, ४ काे अवस्था गम्भीर सल्यानमा बस दुर्घटना‌ हुदाँ १४ जना घाईते रामनवमीव्रतको धार्मिक महत्व ? व्यावसायिक सम्वर्द्धन केन्द्र को भवन उद्घाटन : व्यवसायीहरू एकजुट हुनु पर्नेमा जोड पश्चिम दाङ जोड्ने माथिल्लो सडक बहुबर्षियमा समावेश सुनको मूल्य प्रतितोला दुई हजार दुई सयले घट्यो आज बैशाख २, २०८१, आइतबारको राशिफल हेर्नुहोस गजल – जयन्ता खत्री “सुधा” नववर्षारम्भ जानकारी ! तुलसीपुरमा एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरुले दु:ख भोगेका छन् : मेयर टिकाराम खड्का प्यूठानको मल्लरानीमा खाना महोत्सव सुरु  तुलसीपुरको एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरू नेपालगञ्ज, भौरवाबाट हवाईजहाज चढ्न बाध्य छन्: मेयर टिकाराम खड्का आफैले पढेको विद्यालयबाट पूर्वमन्त्री मास्की सम्मानित तुलसीपुर ५ का बालबालिकालाइ नेतृत्व विकास तथा क्षमता अभिवृद्धी तालिम अस्मिता अधिकारीले नचाइन ज्ञानज्योतीका बिद्यार्थी मन्त्री हुँदा बजेट हालेँ,अब विकास हेर्छुः मास्की दाङमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

दाङमा दुई वटा यात्रुबहाक बस ठोक्किदा २२ जना घाईते

दाङ, २१ चैत्र

दाङमा दुई वटा यात्रुबहाक बस ठोक्किदा २२ जना घाईते भएका छन् । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठका अनुसार घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ ।

प्रहरीका अनुसार गम्भीर घाइते हुनेमा रा १ ख २५८१ नम्बरको बस चालक गढवा गाउँपालिका–२ का लक्ष्मण थारु र राप्ती गाउँपालिका वडा नम्बर २ लालमटीयाका ७८ वर्षिय चन्द्र कमला थापा रहेका छन् । उनीहरुको लमही अस्पतालमा सामान्य उपचार पछि थप उपचारकालागि नेपालगञ्ज रेफर गरिएको छ ।

 

लमही नगरपालिका ३ वनगाउँमा दुइवटा बस एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । सामान्य घाइतेहरुको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ भने गम्भीर घाइतेलाई बाहिर पठाउने तयारी भइरहेको छ ।

 

बुटवलबाट सुर्खेत जाँदै गरेको लु१ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवल जाँदै गरेको रा १ ख २५८१ नम्बरको यात्रुबहाक बस बुधबार साढे ११ बजेतिर ठोक्किएका थिए । थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *