
बिशाल बिश्वकर्मा, २० चैत्र, दाङ
नेपाल विद्यार्थी संघ राप्ती बबई क्याम्पस मुल इकाई कमिटिले क्याम्पस प्रशासनलाई १६ बुँदे माग सहित ज्ञापन–पत्र बुझाएको छ । मंगलबार विद्यार्थीहरूका हकहितका लागि जोडिएका विभिन्न १६ बुँदे माग राख्दै क्याम्पस प्रशासनलाई ज्ञापन–पत्र बुझाइएको हो ।

संघका क्याम्पस क्याम्पस इकाई कमिटि सभापति भिमार्जन बस्नेतको नेतृत्वमा क्याम्पस प्रशासनलाई उक्त ज्ञापन–पत्र बुझाइएको हो ।
नेवि संघले बार्षिक परिक्षाको केन्द्र आफ्नै क्याम्पसमा बनाउन टि.यु संग सहकार्य गर्नुपर्ने, क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीहरुको लागि छात्रावास र बसको व्यवस्था मिलाउनु पर्ने, पुस्तकालयमा बिद्यार्थीहरुले आफुले पढ्नुपर्ने सम्पूर्ण पुस्तक पाउनुपर्ने, विभिन्न शिर्षकमा आउने छात्रवृत्ती उचित मुल्याङ्कनका साथ प्रदान गर्नुपर्ने, विभिन्न संकायमा अध्ययन गर्ने विद्यार्थी सङ्ख्याको अनुपातमा मात्र शिक्षक राख्ने र विद्यार्थी सङ्ख्या कम भएका सङ्कायमा शिक्षक दरबन्दी कम गरी क्याम्पसको व्यय भार कम गराउनुपर्ने, व्यवस्थापन सङ्कायका विद्यार्थीहरुलाई पढ्दै कमाउदै कार्यक्रममा जोड्नुपर्ने, आन्तरीक परिक्षा भएको मितिले १५ दिन भित्र नतिजा प्रकाशन गर्नु पर्ने र उत्कृष्ट नतिजा ल्याउनेलाई पुरस्कारको व्यवस्था गर्नुपर्ने माग राखेको छ।
साथै नेवि संघले उठाएको जाहेज मागहरू तत्काल समाधान नभएको खण्डमा वा ढिला सुस्ती भएमा विद्यार्थी संघ कडा रूपमा प्रस्तुत हुँदै उत्रिने चेतावनी समेत दिएको छ ।
ज्ञापन पत्र :-