अपडेट
छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै बर्ष उत्कृष्ट विद्यालय अवार्ड ज्ञानज्योति मा.वि.लाई  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव दाङ आइपुगे, नेता कार्यकर्ता द्वारा भालुबाङमा स्वागत 

राष्ट्रिय संगितकर्मि संघ दाङ जिल्ला समिति पुनर्गठन: अध्यक्षमा कँडेल

सिएनटीप्रेस समाचारदाता, चैत १७‌, तुलसीपुर

राष्ट्रिय सङ्गीत कर्मी संघ दाङको जिल्ला समिति पुर्नगठन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ५ पातुखोलामा “हाम्रो कला र संस्कृति गौरवपूर्ण शान, कलाकर्मीको उत्थानका लागि हाम्रो अभियान” भन्ने नाराका साथ पुनर्गठन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा राष्ट्रिय सङ्गीत कर्मी संघ लुम्बिनी प्रदेश उपाध्यक्ष गायिका उषा दसौति प्रमुख अतिथिको रुपमा हुनुहुन्थ्यो । कार्यक्रमको सम्बोधन गर्दै राष्ट्रिय सङ्गीत कर्मी संघ लुम्बिनी प्रदेश उपाध्यक्ष उषा दसौतीले नयाँ जिल्ला समितिका पदाधिकारीलाई बधाई दिदै सङ्गीत, कलाको संरक्षण गर्नुपर्नेमा‌ जोड दिएकि थिइन ।

राष्ट्रिय संगितकर्मि संघ दाङ जिल्लाका निवर्तमान उपाध्यक्ष श्रिधर कँडेल को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा जिल्ला सदस्य रमेश जैशी लगायतले बोल्नुभएको थियो ।

उक्त कार्यक्रममा लोकप्रिय गायक टंक खड्काको पनि उपस्थिती रहेको थियो । उनले भर्खरै रिलिज भएको “किनिदिउला तिमिलाई सुनैको यारलिङ् ” भन्ने गित गाएर कार्यक्रममा बेजोड प्रस्तुती दिएका थिए । कार्यक्रममा गायक टंक खड्का लगायत अन्य स्थानिय कलाकारहरुको प्रस्तुती रहको थियो ।

साथै संगीतकर्मी संघ दाङमा पहिले आबद्ध अध्यक्ष दीपक ओली उपाध्यक्ष उषा दसौती र प्रवक्ता रमेश ओली लुम्बिनी प्रदेशमा मनोनित भएको र सहसचिव ईश्वर बिसि व्यक्तिगत कामले राष्ट्र बाहिर रहने भएकाले संगीतकर्मी सङ्घ दाङले विदाई तथा सम्मान गर्दै नयाँ कार्यसमिति पुनर्गठन गरेको हो । आजको कार्यक्रम बाट नयाँ कार्यसमिति गठन गरिएको छ जसको अध्यक्षमा श्रीधर कंडेल, वरिष्ठ उपाध्यक्षमा एचआर मगर, उपाध्यक्षमा कमल खड्का, वीरबहादुर बिक, र दिपक बर्मा, सचिवमा भीम बहादुर वली, सह-सचिवमा केशरबहादुर सुनार, कोषाध्यक्षमा टंक खड्का, सह-कोषाध्यक्षमा रमेश जैसी, प्रवक्तामा के वि वली, सल्लाहकारमा लालमती भण्डारी मनोनित भएका छन् भने प्रेस सह-संयोजकमा रवि कराला मनोनित भएका छन । राष्ट्रिय संगीतकर्मी संघ दाङ जिल्लाको सदस्यमा पनि केही आबद्ध भएको छन । सदस्यहरूमा सन्ध्या खड्का, धनबहादुर ओली, अमृता गिरी, नन्दिका स्वर्णकार चयन भएका हुन । संघका जिल्ला शाखाका निवर्तमान अध्यक्ष दिपक वली को सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव भीम बहादुर वली ओलीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *