अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

दाङको पर्सीनीमा तीब्र गतिको मोटरसाइकल दुर्घटना

दाङको तुलसीपुर ७ प्रसेनीमा तिब्र गतिमा आएको मोटरसाईकल पसल भित्र छिर्दा दुर्घटनामा परेको छ । सोमबार विहान साढे १० बजेतिर तुलसीपुर तर्फ जादै गरेको रा २ प ७१७३ नम्बरको मोटरसाईकल तिब्र गतिकै कारण अनियन्त्रित भई पसलमा छिरेको हो ।
जसबाट प्रसेनीको घुम्ती निर रहेको लोकबहादुर हलवाईको पसलमा क्षति भएको छ, भने तीन जना घाइते भएका इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ । घाइते हुनेमा मोटरसाईकल चालक तुलसीपुर १८ ग्वारखोलाका १९ बर्षीय मनिश विक, मोटरसाईकलमा सवार सोही ठाउँका १७ बर्षीय सुरज महत र पसलका साहुजी ४५ बर्षीय लोकबहादुर हलवाइ रहेका छन् ।

उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । चालक विकको टाउको, बाँया हात र खुट्टामा चोट लागेको छ । उनको अबस्था मध्याम छ ।

त्यस्तै पछाडी सवार महतको बाँयाँ खुट्टामा सामान्य चोट लागेको छ, भने पसलका साहुजी हलवाईलाई दाँया खुट्टामा सामान्य चोट लागेको प्रहरीले बताएको छ । पेट्रोल हाल्न तुलसीपुर आउने क्रममा दुर्घटना भएको हो । तिब्र गतिका कारण दुर्घटना भएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *