अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

तुलसीपुरमा पत्रकारहरु एकै ठाउँमा : पत्रकार र मिडिया जोगाउने चिन्ता

तुलसीपुर, १० चैत । 

पत्रकारिता क्षेत्रप्रति राज्यको दृष्टिकोण सकारात्मक बन्न नसकेको तुलसीपुरमा आयोजित कार्यक्रमका सहभागी पत्रकारहरुले गुनासो गरेका छन् । राज्यको समान दृष्टिकोण बन्न नसक्दा पत्रकार तथा मिडिया क्षेत्र धरासयीस्थितमा पुगेको पत्रकारको गुनासो छ ।

 

स्वतन्त्र पत्रकार संघ दाङ शाखाले शनिबार तुलसीपुरमा गरेको ‘व्यवसायीक एकता र जिम्मेवार पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरुले पत्रकारिता क्षेत्रमा राज्यको लगानी शून्यजस्तै रहेकोले पत्रकारिता क्षेत्रको विकास हुन नसकेको बताउनुभयो ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदीले आम नागरिकले मूलधारका मिडिया र सामाजिक संजाल छुट्याउन नसक्दा पत्रकारिताप्रतिको विश्वसनियतामा खडेरी सिर्जना हुन थालेको बताउनुभयो ।

 

उहाँले मूलधारका मिडियामा पत्रकार आचारसंहिताभित्र रहेर समाचार आउने कुराको जानकारी नागरिकलाई नहुँदा पनि सामाजिक संजाललाई विश्वास गर्ने वातावरण बनेको बताउनुभयो ।

 

नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष तथा रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीले राज्यले संचारमाध्यमप्रति गरिने व्यवहार विभेदपूणर् रहेको बताउनुभयो । उहाँले स्थानीय सरकारले स्थानीय संचारमाध्यमलाई प्राथमिकतामा पार्न नसक्नु दुखद भएको बताउनुभयो ।

 

नेपाल पत्रकार महासंघ दाङका सहसचिव दिप्तीशिखा चौधरीले पत्रकारिता पेशालाई विश्वसनिय बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कतिपय व्यक्ति तथा संस्थाले पछिल्लो समय सार्वजनिक कार्यक्रममै गरेको व्यवहारले समग्र पत्रकारितामाथि प्रहार भएको महशुस गरेको बताउनुभयो ।

 

नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काले पत्रकारिता पेशा चुनौतिपूर्ण भएकाले पनि पछिल्लो पुस्ताको आकर्षण हुन नसकेको बताउनुभयो । यस्तै नेपाल प्रेस युनियनका सचिव अमरक्षितिज भण्डारीले पत्रकारितालाई विश्वसनिय बनाउन सिर्जनशिलतालाई बढाउनुपर्ने बताउनुभयो । प्रेस चौतारी दाङका अध्यक्ष प्रेम बहादुर राम्जाले संचार माध्यम घिटिघिटी अवस्थामा पुग्दा पत्रकारको पेशा असुरक्षित बन्न पुगेको बताउनुभयो ।

 

संघका अध्यक्ष जीतसागर जी.एमले पत्रकार बिचको एकतालाई जोड दिनुभयो । उहाँले समाजमा हुने बेथितिको अन्त्य गर्नका लागि पत्रकारले निष्पक्षरुपमा कलम चलाउनुपर्ने बताउनुभयो । संघका सचिव बसन्त पौडेलले संचारमाध्यमलाई हेर्ने राज्यको दृष्टिकोण सकारात्मक बन्न नसकेको बताउनुभयो । आर्थिक संकटको मारमा मिडियाक्षेत्र पनि रहेको उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *