अपडेट
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी ग्रेट अरनिको इंगलिस स्कुलको कक्षा १२ का विधार्थीलाई विदाई राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम  राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

साझा टाइम्स डटकम को चौथो बार्षिकोत्सव सम्पन्न

सागर सुबेदी, चैत्र १० 

दाङको तुलसीपुर देखि सन्चालित साझा टाइम्स प्रा.लि द्वारा सन्चालित साझा टाइम्स डटकम ले आफ्नो चौथो बार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । साझा टाइम्स ले बार्षिकोत्सव को पुर्व सन्ध्यामा क्रियाशील पत्रकार र तुलसीपुर उपमहानगरपालिका मा कार्यरत कर्मचारीहरु बिच मैत्रिपुर्ण फुटबल प्रतियोगिता आयोजना गरेको थियो भने चैत्र १० गते एक समारोहका बिच चौथो बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो ।

 

तुलसीपुर उपमहानगरपालिका का मेयर टिकाराम खड्का को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा‌ साझा टाइम्स डटकम का उप-सम्पादक दिपक वली ले स्वागत मन्तव्य राखेका थिए । शुभकामना मन्तव्य राख्दै पर्यावरणीय दिगो विकास अनुसन्धान केन्द्रका अध्यक्ष डिल्ली बहादुर रावतले स्थानिय सरकारले सन्चारगृह लाइ विज्ञापन प्रदान गरि दिगो टिकाउमा सहजिकरण गर्नुपर्ने मा जोड दिनुभएको थियो । यस्तै जनपत्रकार संगठनका‌ लुम्बिनी प्रदेश संयोजक हेमन्त प्रकाश वली , प्रेस सेन्टर का दाङ जिल्ला उपाध्यक्ष राकेश बस्नेत, प्रेस चौतारी नेपाल दाङ जिल्ला अध्यक्ष प्रेम राम्जा, रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी, प्रेस युनियन दाङ जिल्ला शाखा नारायण खड्का, तुलसीपुर उपमहानगरपालिका वडा नं १६ का वडा अध्यक्ष शिवानन्द डाँगी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यस्तै बिच साझा टाइम्स डटकम ले चौथो बार्षिकोत्सवको अवसरमा व्यक्तिहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा नयाँ पाइला पुनः स्थापना केन्द्रका प्रमुख सुरेश भुसाल, साझा टाइम्स डटकम का सम्पादक उमा पाण्डे र साझा टाइम्स डटकम का उप-सम्पादक दिपक वली लाइ सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्का ले मिडिया हाउस बचाउन पालिका सधै सकारात्मक रहेको बताएका थिए । यस्तै पछिल्लो समय पत्रकार हरुले मुल धारको मिडिया मा भन्दा सामाजिक सन्जालमा लेखेर काम गर्ने गर्दै गर्दा पत्रकारहरुको पेशा र पत्रकारिता को मर्म माथिनै दख्खल पुगेको प्रमुख अतिथि खड्काको भनाइ रहेको थियो ।

साझा टाइम्स डटकम का सन्चालक सुमन के.सी को सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको शहजीकरण कार्यकारी सम्पादक सन्तोष अधिकारीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *