
दाङ, चैत्र ८
अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवस २०२४ को अवसरमा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले सभ्यता र संविधान विपरीत छुवाछूत र जातिय भेदभाव कहिले सम्म ? बिषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । शान्ति समाजको १० बुँदे अवधारणा पत्र समेत सार्वजनिक गर्दै विभिन्न संघ संस्थाहरुमा आवद्ध अधिकारकर्मी हरुसँग अन्तरक्रिया गरि शाखाले ५९औँ जातिय विभेद उन्मुलन दिवस मनाएको हो ।

अन्तर्क्रिया कार्यक्रम मा बोल्दै सहभागिहरुले बाहिर हेर्दा जातिय विभेद कम भए जस्तो देखिए पनि गैर दलित हरुको सोँच परिवर्तन हुन नसकेको मा दुख व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुको भनाइ यस प्रकार थियो :-
यज्ञ बि.क – कार्यक्रम को उपलब्धि लक्षित वर्गसम्म पुग्न सकेको छैन । यसरी जातिय विभेद विरुद्धको दिवस कहिले सम्म मनाउनु पर्ने हो ? आखिर कहिले अन्त्य हुन्छ ?
सुरेश बि.क :- इतिहास हेर्ने हो भने खस,आर्य,बाहुन, क्षेत्री का छोरी पनि मारिने हुँदा सती प्रथा को अन्त्य भयो तर जातिय विभेद मा दलित हरु मात्र सोषित हुनुपर्ने भएका कारण जातिय विभेद को अन्त्य भएन ।
पोषण रनपाल :- हामी दलित हरुलाइ आरक्षण कोटा दिदै गर्दा समाजमा कोटा खोज्दा दलित शब्द स्विकार्ने अरु बेला दलित भन्दा पिर मान्ने भन्ने बिषयले गार्हो बनायो । दलित कोटा खारेज हुनुपर्छ अनि जातिय विभेद अन्त्य हुन्छ ।
सुसिल बस्नेत : जातिय, लैङ्गिक, अपाङ्गता बिचको विभेद अन्त्य हुन जरुरी छ । सभ्यता र संविधान विपरित का गतिविधि किन भैरहेका छन ?” भन्ने बिषयमा दु:ख व्यक्त
निर्मल नेपाली : संविधानमा जातिय विभेद विरुद्धको कानुन बनाउन/लेख्न लगाउने मानव अधिकार तथा शान्ति समाज हो । अहिले को समस्या भनेको गैर दलितहरुको सोँचमा परिवर्तन नहुनु हो ।
खेमराज बि.क :- ठुलो जाती सानो जाती बिचको पर्खाल भत्काउन जरुरी छ । गैर दलित समुदायमा भएको दलित प्रतिको निच सोँच त्याग्न जरुरी छ ।
लगायत अन्य वक्ताहरुले पनि आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
मानव अधिकार प्रति हालसम्म आवाज उठाउँदै आइरहेको मानव अधिकार तथा शान्ति समाज ले “दलित अधिकार मानव अधिकार” भन्ने नारा नै बोकेर काम गरिरहेको छ ।
शान्ति समाजको १० बुँदे अवधारणा पत्र –