अपडेट
छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै बर्ष उत्कृष्ट विद्यालय अवार्ड ज्ञानज्योति मा.वि.लाई  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव दाङ आइपुगे, नेता कार्यकर्ता द्वारा भालुबाङमा स्वागत 

पूर्वी नेपाल र मधेशमा वर्षा, पर्सिसम्म मौसम परिवर्तन भइरहने

चैत ०७,

काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा बिहान देखि पानी परिरहेको छ ।

अहिले काठमाण्डौ उपत्यका सहित झापा, मोरङ, पाँचथर, खोटाङ, ओखलढुङ्गा, सिरहा, सप्तरी, धनुषा, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर लगायतका ठाउँमा पानी परिरहेकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विशेषगरी कोशी, मधेश र बाग्मती प्रदेशका बिभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ । महाशाखाका अनुसार गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा पनि छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको भए पनि अहिले लुम्बिनीका दाङ, रुपन्देही क्षेत्रमा हावाहुरी भइरहेको छ।

 

पूर्वी भेगमा पर्सिसम्मै वर्षाको सम्भावना रहेको छ। पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण नेपालको मौसम प्रभावित भएको हो । न्यूनचापीय प्रणालीको प्रभाव पूर्वी नेपालमा धेरै देखिएको छ । यही प्रणालीका कारण पूर्वी नेपाल र मधेशमा वर्षा सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *