अपडेट
मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न युवा अभियानले कर्णालीमा पुस्तकालय बनाउने अभियानको सुरवात सहित पुस्तकालय दिवस मनाउदै विद्यार्थी पलायनलाई न्यूनीकरण गर्न विद्यार्थी संगठनको भूमिका कविता : बाल अधिकार – शुभम देवकोटा डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम वडा नम्बर सातको बाल संजालको अध्यक्षमा रिजन तिम्सिना सयपत्री दोहोरी घरले मनायो आफ्नो तेस्रो बार्षिकोत्सव : दिनदुखीलाई ३ बर्षमा १ करोड बढी सहयोग स्थापना दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले गर्यो दिप प्रज्वलन कविता : तिम्रो प्रेमको वियोग – शुभम देवकोटा तुलसीपुरमा विभिन्न संघ संस्था द्वारा पुष्प बृक्षा रोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न

आमलकी एकादशीमा के गर्नु पर्दछ त ?

पण्डित बालमुकुन्द देवकोटा , काठमाडौ  |
मिति २०८० चैत ७ गते बुधबार फाल्गुन शुक्लपक्ष आमलकी एकादशी तिथी ८ गते प्रात : ४ / २४ बजे सम्म,त्यस उप्रान्त द्वादशी तिथी आरम्भ हुनेभएकोले आमलकी एकादशी व्रत फाल्गुन शुक्ल पक्षको एकादशीका दिन पालना गरिन्छ।यस व्रतमा अमलाको वृक्षको पूजा गर्ने विधि-विधान छ।यस व्रतका विषयमा भनिन्छ, कि यो एकादशी समस्त पाप नाश गर्न समर्थ छ। सय गाई दान गर्नाले जुन फल प्राप्त हुन्छ त्यही फल आमलकी एकादशीको व्रत गर्नाले प्राप्त हुन्छ। यस व्रतमा अमलाको रुखको पूजन गरिन्छ। अमलाको वृ्क्षका विषयमा यो मत छ, कि यसको उत्पति भगवान श्री विष्णुको मुखबाट भएको हो। एकादशी तिथिमा विशेष रूपले श्री विष्णुको पूजा गरिन्छ।अमलाको रुखको उत्पति संबन्धी एउटा कथा प्रचलित छ।विष्णु पुराणका अनुसार एक पटक भगवान विष्णुले थुक्दा वहाँको मुखबाट चन्द्रमा जस्तै एउटा बिन्दू प्रकट भएर पृ्थ्वीमा झर्‍यो।त्यसै बिन्दूबाट आमलक अर्थात अमलाको महान रुखको उत्पति भयो।यही कारण हो कि विष्णु पूजामा यस फलको प्रयोग गरिन्छ। श्रीविष्णुको श्रीमुखबाट प्रकट भएकाले अमलाको वृ्क्षलाई सर्वश्रेष्ठ मानिन्छ।यस फलको महत्वका विषयमा भनिन्छ, कि यस फलको स्मरणमात्रबाट गाई दान गरे जत्तिकै फल प्राप्त हुन्छ।यो फल भगवान विष्णुलाई अत्यधिक प्रिय छ।यस फललाई खानाले तीन गुणा शुभ फलको प्राप्ति हुन्छ।कुनै समयमा वैदिश नाम गरेको एउटा नगरमा सबै वर्गका मानिसहरू मिलेर आनन्दपूर्वक बस्दथे। मानिसहरूको आपसमा प्रेम भएका कारण नगरमा धर्म र आस्थाको निवास भए झैं प्रतीत हुन्थ्यो।यो नगर चन्द्रवंशी चैत्ररथ नामक राजाको राज्य-अन्तर्गत पर्दथ्यो।त्यस राज्यमा सबै सुखी थिए।त्यस राज्यमा विशेष रूपले श्री विष्णुको पूजा हुने गर्दथ्यो र एकादशी व्रतको पालना गर्ने प्रथा त्यस नगरमा प्राचीन समयदेखि चली आएको थियो।राजा र प्रजा सबै मिलेर एकादशी व्रतको घडा(कुम्भ) स्थापना गर्दथे, कुम्भ स्थापना पछि धूप, दीप, नैवेद्य, पञ्चरत्न आदिद्वारा पूजा गर्दथे।त्यसपछी “धात्रि धातृसमुद्भूते सर्वपातकनाशिनी,आमलकि नमस्तुभ्यं गृहाणाsर्ध्योदकं मम “/अर्थात् हे ब्रह्माबाट उत्पन्न भएकी अनि सारा पापलाई नाशपार्ने हे धात्रि ,हे आमलकि !तपाईंलाई नमस्कार छ ,मेरो यो अर्घ्यजललाई स्वीकार गरिवक्सियोस, भनेर अर्घ्य दिनु पर्दछ।त्यसपछी “धात्रि ब्रह्मस्वरुपाsसि त्वं तु रामेण पूजिता ,प्रदक्षिणविधानेन सर्वपापहरा भव।” अर्थात् हे धात्रि !तिमी ब्रह्मस्वरुपा हौ ,तिमी भगवान रामचन्द्रद्वारा पूजिएकी हौ ,मेरो यो प्रदक्षिणा कार्यले सबै पापहरु हर्नेवाली होऊ ,भनेर तीनपटक प्रदक्षिणा गर्नू पर्दछ। यसरी एकपटक एकादशी व्रत गरेको समयमा सबै जना मन्दिरमा जागरण गर्दै थिए। रात्रिका समयमा एउटा शिकारी आयो जो भोको थियो र त्यो लगभग सबै पापको भागी थियो। मन्दिरमा धेरै मानिस भएका कारण शिकारीले भोजन चोर्ने अवसर प्राप्त गर्न सकेन र त्यस शिकारीले त्यो रात्रि जागरण गर्दै बिताउनु पर्‍यो। प्रात:काल भएपछि सबैजना आफ्नो घर गए र शिकारी पनि आफ्नो घर गयो। केही समयपछि शिकारीको कुनै कारणवश मृ्त्यु भयो। त्यस शिकारीले जानी नजानी नै आमलकी एकादशीको व्रत गरेको थियो। त्यसै कारणले उसलाई पुण्य प्राप्त भयो र त्यसको जन्म एउटा राजाका घरमा भयो। ऊ असाध्यै वीर, धार्मिक, सत्यवादी र विष्णु-भक्त थियो। दानादि कार्यमा उसको रुचि थियो। एकपटक त्यो शिकार खेल्न गयो र डाकाहरूको चंगुलमा फँस्यो। डाकाहरू उसलाई मार्ने उद्देश्यले शस्त्र-प्रहार गर्न थाले डाकाहरूको प्रहारबाट आफुमा कुनै असर नपरेको देख्दा उसलाई अचम्म लाग्यो र अझ पछि त डाकाहरू उसलाई छोडेर स्वयं एक आपसमा पो लडाईं गर्न थाले। त्यसै बेला एउटा यस्तो शक्ति प्रकट भयो र त्यस शक्तिले सम्पूर्ण डाकाहरूलाई मारिदियो। राजाले अचम्म मान्दै प्रश्न गरे यसरी मेरो रक्षा गर्ने को हो? यसको उत्तरमा भविष्यवाणी भयो तेरो रक्षा श्री विष्णुजीले गर्दै हुनुहुन्छ, यो कृपा तैंले आमलकी एकादशीको व्रत गर्नाले त्यसैको प्रभावस्वरूप प्राप्त गरेको होस। यसरी यस व्रतका प्रभावले मोक्ष प्राप्ति हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *