दाङ, ५ चैत
नेकपा एमालेले पाटी सदस्यलाई परिक्षा गराएको छ । पाटी सदस्यलाई परिक्षा गराउने अभियान अन्तर्गत तुलसीपुरमा पनि परिक्षा संचालन गरिएको एमाले दाङ सचिवालय सदस्य तथा तुलसीपुर नगर इन्चार्ज मान बहादुर रावतले जानकारी दिएका छन।
तुलसीपुर उपहानगरपालिकाको १९ वटै वडा भित्रका पार्टी सदस्यहरुको परिक्षा सम्पन्न भएको बताएका हुन। सोमबार (आज) दिउँसो १२ बजेदेखि परिक्षा सञ्चालन भएको हो ।
परिक्षामा उत्साहजक सहभागिता रहेको इन्चार्ज रावतले बताएका छन । एमालेले आफ्ना कार्यकर्ताहरुलाई समय समयमा प्रशिक्षण दिदै आएको उनको भनाई छ ।
एमाले लुम्बिनी प्रदेशको निर्देशनमा लुम्बिनी प्रदेशका सबै वडा भित्र सोमबार परिक्षा भएको हो । परिक्षा भएको कापी वडा कमिटिले प्रदेशमा पठाउने उनले बताएका छन । प्रदेशबाट नै कापी जाँच गरेपछि परिक्षाको नतिजा आउने छ ।
‘यदि परिक्षामा फेल भएमा पाटीले कोचिङ कक्षा सञ्चालन गर्नेछ ।’ रावतले -‘परिक्षामा फेल हुने पार्टी सदस्यलाई प्रशिक्षण दिएर परिक्षामा पास बनाउनेछौँ ।’