दाङ, ०५ चैत्र
योगदान राष्ट्रको लागि जिल्ला शाखा दाङ अन्तर्गत घोराही उपमहानगरपालिका स्तरीय कार्यसमिति गठन तथा सदस्यता वितरण कार्यक्रम सम्पन्न भएको छ ।
योगदान राष्ट्रको लागि जिल्ला शाखा दाङका अध्यक्ष सागर सुबेदीको अध्यक्षताता कार्यक्रम भएको थियो । कार्यक्रममा अतिथि को रुपमा योगदान राष्ट्रको लागि जिल्ला शाखा दाङ उपाध्यक्ष सुशिला पोख्रेल उपस्थित हुनुभएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष सुबेदीले सम्पूर्ण नव निर्वाचित प्रतिनिधिहरू लाई बधाई दिदै यस योगदान राष्टको लागि अभियान सँग सधैं सहकार्य गर्ने बताउनु भयो। उहाँले यस क्षेत्रमा अवस्थित भएर यस उपमहानगरपालिका भित्र एकदमै सक्रिय भएर काम गर्नु पर्ने बताउनु भएको थियो। अध्यक्ष सुबेदीले यस योगदान राष्ट्रको लागि शाखा दाङले यस दाङ जिल्ला अन्तर्गत रहेको सबै नगरपालिका/गाउँपालिकामा यसको कार्यसमिति विस्तार गरि प्राथमिक उपचार सम्बन्धी सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने, स्थानीय सरकार, निकाय तथा संघ संस्था सँग समन्वय तथा सहकार्य गर्दै अगाडि बढ्ने कुरा बताउनु भयो।प्राथमिक उपचार र सरसफाइमा मा विशेष जोड दिदै संस्था को उद्देश्य प्राप्तिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने हुँदा सबैले साथ सहयोग गरिदिनुहुन अनुरोध गर्नु भएको थियो।
कार्यक्रमको सहजिकरण योगदान राष्ट्रको लागि जिल्ला शाखा दाङका सचिव दामोदर घिमिरेले गरेका थिए।
योगदान राष्ट्रको लागि जिल्ला शाखा दाङ अन्तर्गत घोराही उपमहानगरपालिका स्तरीय कार्यसमिति निम्नानुसारको कार्य समिति गठन भएको थियो।
तुलसा पोख्रेल ( भण्डारी ) अध्यक्ष
बिन्दु खनाल उपाध्यक्ष
ढुण्डिराज शर्मा सचिव
सुरज पुन मगर कोषाध्यक्ष
अम्रिता पोख्रेल सदस्य
छमकला भण्डारी सदस्य
कमला शर्मा सदस्य
प्रेम कुमारी पौडेल सदस्य
अनिता पोख्रेल सदस्य
दिपा पोख्रेल सदस्य
मन्जु पोख्रेल सदस्य
दुर्गा रिजाल सदस्य
लक्ष्मी श्रेष्ठ सदस्य
पवित्रा शर्मा सदस्य
गोमा श्रेष्ठ सदस्य
दिपा आचार्य सदस्य
तुलसा पुरी सदस्य
ऋषिराज सुबेदी सदस्य