अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

आन्तरिक राजस्व कार्यालय तुलसीपुरमा गिरावट

दाङ, ५ चैत्र

आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्ष २०८०/८१ को फागुन महिनासम्म लक्ष्यभन्दा २१ दशमलव ७२ प्रतिशतले कम कर संकलन गरेको छ ।

 

कार्यालयका अनुसार फागुन महिनासम्म एक अर्ब ६८ करोड ७५ लाख ३१ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा एक अर्ब ३२ करोड नौ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

 

कार्यालयले आयकर, ब्याजकर, मूल्यअभिवृद्धि कर, अन्तःशुल्क, घर बहाल कर, स्वास्थ्य सेवा कर र शिक्षा सेवा करलगायतका शीर्षकमा कर संकलन गर्दै आएको छ ।

 

कार्यालयका सूचना अधिकारी तथा कर अधिकृत प्रेमबहादुर सुनारले आयकर, ब्याजकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, घर बहाललगायतका सबै कर लक्ष्यअनुसार संकलन नभएको जानकारी दिनुभयो । उहाँले लक्ष्य नभेटाउने सबैभन्दा धेरै घर बहाल कर रहेको जानकारी दिनुभयो । तीन करोड २० लाख २७ हजार लक्ष्य राखिएकोमा एक करोड ४५ लाख ६२ हजार रुपैयाँ मात्रै संकलन भएको जानकारी दिनुभयो ।

 

मूल्य अभिवृद्धि करले ६४ दशमलव ३४ प्रतिशत मात्रै लक्ष्य भेटेको छ । ५९ करोड २७ लाख ७६ हजार लक्ष्य राखेकोमा ३८ करोड १३ लाख ८६ हजार मात्रै कर संकलन भएको छ । ब्याजकरको पनि राजश्व संकलन खस्किएको छ । लक्ष्यको ७८ दशमलव ३९ प्रतिशत मात्रै प्रगति हासिल भएको कार्यालयले जानकारी दिएको छ ।

 

कार्यालयका अनुसार तीन करोड ४५ लाख ७० हजार लक्ष्य राखिएकोमा दुई करोड ७१ लाख रुपैयाँमात्रै ब्याजकर संकलन भएको छ । आयकर संकलनमा पनि गिरावट आएको पाइएको छ ।

 

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म लक्ष्यको ९२ दशमलव ९३ प्रतिशत मात्रै आयकर संकलन भएको कर अधिकृत प्रेमबहादुर सुनारले जानकारी दिनुभयो । उहाँले दिएको जानकारी अनुसार ७३ करोड दुई लाख आठ हजार लक्ष्य निर्धारण गरिएकोमा ६७ लाख ८५ हजार पाँच सय ७१ रुपैयाँ मात्रै आयकर संकलन भएको छ ।

 

नयाँ व्यवसाय नथपिएको र भएका व्यवसाय टाट पल्टिदै जानु, देशमा उत्पादन तथा उपभोग कम हुनु र क्रयशक्तिमा ह्रास आउँदा लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *