अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

नेप्सेमा दोहोरो अंकको गिरावट, १५७ कम्पनीको सेयर मूल्य घट्यो

साताको पहिलो दिन सेयर बजार कारोबारसँगै परिसूचक घटेको छ । ११.८३ अंकले घट्दै नेप्से २०६९.०४ विन्दुमा रहेको छ । गत बिहीबार पनि बजार कारोबार घटेको थियो । २७.८४ अंकले घट्दै सेयर सूचक नेप्से २०८०.८७ विन्दुमा थियो ।

आज ७५ कम्पनीका सेयरमूल्य बढ्दा १५७ कम्पनीको घटेको छ । १३ उपसमूहमा विकास बैंक, फाइनान्स र उत्पादन तथा प्रशोधनबाहेक सबै घटेका छन् । सर्वाधिक घट्नेमा होटल तथा पर्यटन र जलविद्युत उपसमूह छ ।

आज सर्वाधिक नोक्सानीमा वीन नेपाल लघुवित्तका लगानीकर्ता छन् । किसान लघुवित्त, युनियन हाइड्रोपावर, सनराइज फस्र्ट म्युचुअल फण्ड, दोल्ती पावर सेयरमूल्य धेरै घट्नेका सूचीमा छन् ।

आज ८२ लाख ५७ हजार ९ सय ११ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ३ अर्ब ३१ करोड ९८ लाख ८६ हजार ९ सय ११ रुपैयाँ छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार रकम ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रुपैयाँ थियो ।

बजार घटेको दिन पनि सप्तकोशी विकास बैंकको सेयरमा सर्किट स्तरको बढोत्तरी छ । गुराँस र मानुषी लघुवित्तको सेयर पनि बढेको छ ।

सर्वाधिक कारोबार हुने कम्पनीहरुमा शिवम् सिमेन्ट अगाडि छ । उक्त कम्पनीको सेयर ४१ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै सोनापुर मिनरल्सको २३ करोड ७ लाखको सेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *