अपडेट
जैविक विविधता दिवसको अवसरमा राप्ती गाउँपालिकाद्वारा वृक्षारोपण दाङमा बहुआयामिक विकासको संकेत: ग्रामीण सडक,टरिगाउँ विमानस्थल र फोरलेन योजना अघि राप्तीका महिलालाई उद्यमी बनाउन अचार बनाउने तालिम प्रदान राप्तीका उद्योगी–व्यवसायीद्वारा अघोषित लोडसेडिङ अन्त्यको माग गर्दै विद्युत् प्राधिकरणमा ज्ञापनपत्र ७५ वर्षीय वृद्धबाट ७ बर्षिया बालिकामाथि अश्लील कृत्य : वृद्ध प्रहरी हिरासतमा २५ बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद सिङ्गे गाउँको नाम परिवर्तन गरी ‘शिवनगर’ राखियो गैरभौगोलिक लुम्बिनी सम्पर्क समिति गठन, संयोजकमा दाङका पोख्रेल बाँकी के रह्यो र प्रेमले औकात खोजे पछि… राप्ती गाउँपालिकाद्वारा तह वृद्धि भएका कर्मचारीलाई पत्र प्रदान राप्तीमा आगामी निति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सुझाव संकलन राप्तीमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सुरु मापसे गरेर मोटरसाइकल चलाउँदा दुर्घटना :एकजनाको अवस्था सिरियस राप्ती गाउँपालिकाद्वारा बजार अनुगमन : केही पसलहरुमा म्याद गुज्रिएका सामग्री फेला सगरमाथा संवादको तयारी अन्तिम चरणमा ओली दम्पतिको निधनप्रति तुलसीपुर चेम्बरको दुःख व्यक्त “केही गर्नु छ देशका लागि” गीतबाट श्रीकान्त राणा क्षेत्री तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ मा सम्मानित अपाङ्गता भएका युवाहरूको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारको विषयमा नेपालगञ्जमा छलफल आफ्नै घरको सिँडिमा चिप्लिएर लडेकी वृद्धाको उपचारको क्रममा मृत्यु राप्तीमा शिक्षक तथा कर्मचारीका लागि उत्प्रेरणा एवं सांगीतिक प्रार्थना व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न

बुद्ध अस्पताल र पीडितबिचमा सहमति

दाङ, २ चैत ।

घोराही उपमहानगरपालिका –१५ सडक विभाग ओरालो नजिक रहेको बुद्ध ईन्टरनेशनल हस्पिटलमा यही फागुन २९ गते उपचारका लागि आएका राजपुर गाउँपालिका–१ का नौ वर्षीय बालक सुरेश कँवरको उपचारको क्रममा मृत्यु भएपछि आन्दोलित पीडित पक्ष र बुद्ध इन्टरनेशनल हस्पिटल घोराहीबिच सहमति भएको छ ।

घटनाबारे सत्यतथ्य पत्ता लगाउन लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन भएपछि दुई दिनदेखि जारी आन्दोलन सकिएको हो । अस्पतालको सेवाका विषयमा पटक–पटक प्रश्न उठेको र अहिले पनि यो घटना भएपछि नियमनकारी निकायकै नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, घोराही उपमहानगरपालिका, नाक, कान, घाँटी विशेषज्ञ तीनजना र पीडित पक्षको प्रतिनिधि छानविन समिति सदस्य छन् । अस्पताल प्रदेशकै मातहतमा रहेकोले लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयकै नेतृत्वमा समिति बनेको छ । ‘समितिले जतिसक्यो चाँडो अध्ययन गरेर प्रतिवेदन ल्याउने सहमति छ’– प्रजिअ सुवेदीले भने– ‘सैद्धान्तिकरुपमा समितिले पाएको प्रतिवेदनको आधारमा कारवाही गर्ने, नियमन गर्ने, सेवा सुधार गर्ने वा मेडिकल काउन्सिलमा सिफारिस गर्ने त्यसपछि हुनेछ । त्यो बाहेक अस्पताल र पीडित पक्षबीच आपसी समझदारी भएपछि मृतकको शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

अस्पताल र पीडित पक्षबिच सहमति भएको र शव प्रतिष्ठानमा राखिएको मृतकका बुवा शालिकराम कँवरले जानकारी दिए उनले शुक्रबार बिहान शवको पोष्टमार्टम गरी शव बुझ्ने सहमति भएको बताए । समितिले पाँच दिनभित्र प्रतिवेदन ल्याउने र त्यसकै आधारमा कारवाही गर्ने सहमति भएको पीडित कँवरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *