अपडेट
हेर्नुहोस् आज शनिबारको राशिफल बैशाख ७ गते शुक्रबारको राशिफल हेर्नुहोस बैशाख ६ गते बिहिबार को राशिफल हेर्नुहोस थारमारे दुर्घटना अवडेट : २२ जना घाइते, ९ जनालाई रिफर, ४ काे अवस्था गम्भीर सल्यानमा बस दुर्घटना‌ हुदाँ १४ जना घाईते रामनवमीव्रतको धार्मिक महत्व ? व्यावसायिक सम्वर्द्धन केन्द्र को भवन उद्घाटन : व्यवसायीहरू एकजुट हुनु पर्नेमा जोड पश्चिम दाङ जोड्ने माथिल्लो सडक बहुबर्षियमा समावेश सुनको मूल्य प्रतितोला दुई हजार दुई सयले घट्यो आज बैशाख २, २०८१, आइतबारको राशिफल हेर्नुहोस गजल – जयन्ता खत्री “सुधा” नववर्षारम्भ जानकारी ! तुलसीपुरमा एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरुले दु:ख भोगेका छन् : मेयर टिकाराम खड्का प्यूठानको मल्लरानीमा खाना महोत्सव सुरु  तुलसीपुरको एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरू नेपालगञ्ज, भौरवाबाट हवाईजहाज चढ्न बाध्य छन्: मेयर टिकाराम खड्का आफैले पढेको विद्यालयबाट पूर्वमन्त्री मास्की सम्मानित तुलसीपुर ५ का बालबालिकालाइ नेतृत्व विकास तथा क्षमता अभिवृद्धी तालिम अस्मिता अधिकारीले नचाइन ज्ञानज्योतीका बिद्यार्थी मन्त्री हुँदा बजेट हालेँ,अब विकास हेर्छुः मास्की दाङमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

पत्रकार थापा माथि भएको प्रहरीको दुरव्यवहार प्रति प्रेस युनियनको आपत्ति

नेपाल प्रेस युनियन दाङका सदस्य सुदन थापा माथि प्रहरीले दुरव्यवहार गरेको भन्दै नेपाल प्रेस युनियन दाङले आपत्ति प्रकट गरेको छ ।

युनियनका जिल्ला अध्यक्ष नारायण खड्का र सचिव अमर क्षितिज भण्डारीले विज्ञप्ती जारी गर्दै युनियनका जिल्ला सदस्य थापा माथि भएको प्रहरी दुरव्यवहार प्रति आपत्ति प्रकट गरेका हुन् । थापा बुद्ध हस्पिटलमा एक बालकको मृत्यु भएपछि समाचार संकलनका क्रममा त्यहाँ पुगेका थिए । बालकको निधन भएपछि त्यहाँ मृतकका परिवार तथा आफन्तले गरेको विरोध प्रदर्शनको भिडियो खिचिरहेका थापालाई प्रहरीले दुरव्यवहार गरेको थियो । थापाले भिडियो खिच्दाखिच्दैको क्यामरा तथा मोबाईल खोसेको र उनलाई धक्का मुक्का भएको भिडियो समेत सार्वजनिक भएको छ । साथै पत्रकार थापाको क्यामरामा समेत क्षेति पुगेको छ । जिम्मेवार निकाएवाट एउटा पत्रकारलाई समाचार संकलनको क्रममा अवरोध उत्पन्न गर्दै दुर्ववहार गर्नुले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको गम्भीर हनन् भएको युनियनले जनाएको छ । उक्त घटनाको भ्रत्सना गर्दै यस खालका गतिविधी नदोहोराउन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न, सम्वन्धित निकायप्रति माग गर्दै थापाको क्षतिभएको क्यामराको क्षतिपूर्तिको लागि समेत युनियनले माग गरेको छ । थापा जनआवाज अनलाईन टिभिमा कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *