अपडेट
छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै बर्ष उत्कृष्ट विद्यालय अवार्ड ज्ञानज्योति मा.वि.लाई  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव दाङ आइपुगे, नेता कार्यकर्ता द्वारा भालुबाङमा स्वागत 

पीएनजीसँग भारी अन्तरले पराजित हुँदै नेपालले गुमायो टी–२० शृंखलाको उपाधि

फागुन ३०, २०८०

नेपालले हङकङमा मंगलवार भएको त्रिदेशीय टी–२० क्रिकेट शृंखलाको उपाधि गुमाएको छ ।

मंगलवार भएको फाइनलमा पपुवा न्युगिनी (पीएनजी)सँग ८६ रनको भारी अन्तरले पराजित हुँदै नेपालले उपाधि गुमाएको हो

पीएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपालले निकै खराब ब्याटिङ गर्यो । नेपालले पहिलो ओभरको तेस्रो बलमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि त्यो क्रम लगातार रह्यो । नेपाल १६.३ बलमा अलआउट हुँदै ८५ रनमा सीमित भयो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक १७ रन बनाए । आरिफ शेखले १५ र कप्तान रोहित पौडेलले १२ रन बनाउनबाहेक अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । लोकेश बल र गुल्सन झाले ६–६, कुशल भुर्तेलले ५, विनोद भण्डारी ४ रन जोडेर आउट भए ।

यस्तै करण केसी ३, विवेक यादव १ रनमा आउट भए । यसैगरी प्रतिश जीसी र आकाश चन्दले कुनै रन जोड्न सकेनन् । आकाश अविजित रहे । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएको थियो । नेपालका कुशल भुर्तेल र आकाश चन्दले तीन/तीन, करण केसी र गुल्शन झाले एक/एक विकेट लिए । पीएनजीले मंगलवार भएको दोस्रो खेलमा घरेलु टीम हङकङलाई १० विकेटको हराउँदै फाइनल यात्रा तय गरेको थियो । नेपालले भने मंगलवार नै पीएनजीमाथि ८५ रनको जीत निकाल्दै फाइनल पक्का गरेको हो । लिग चरणको खेल सकिँदा नेपालले ३ अंक र पीएनजीले २ अंक जोड्दा हङकङले १ अंक जोडेका थिए । अब हङकङले तेस्रो स्थानका लागि हङकङ ‘ए’ सँग खेल्नेछ । नेपाल र हङकङबीचको श्रृंखलाको पहिलो खेल भने वर्षाका कारण रद्द हुँदा दुवै टोलीले अंक बाँडेका थिए ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *