दाङ, २६ फागुन
निर्वाचनको समयमा एउटा चर्चा थियो‘जहाँ मास्की,त्यहाँ सफलता’ । सञ्चार माध्यममा त्यो शीर्षकले निकै चर्चा पायो । निर्वाचनको समयमा त्यो शीर्षकको सामग्रीले प्रभाब पा¥यो र सफलताको एउटा आधार पनि बन्यो । त्यो शीर्षक निर्वाचनको‘प्रपोकाण्ड’ थिएन, अनुसन्धानबाट आएको एउटा निष्कर्ष थियो ।
१० बर्षे जनयुद्धमा जहाँ मास्कीले नेतृत्व गर्थे, त्यहाँ सफलता हाँसिल गर्थे । त्यहाँ कार्य क्षमताले गर्दा नै छोटो–छाटो समयमा सेनाको नेतृत्वमा फड्को मारे । उनी छाटो समयमा डिभिजन कमाण्डर भएर नेतृत्व गर्न सफल भएका थिए । यही इतिहास बनाएरै होला, मास्की पश्चिम दाङमा निर्वाचन लड्न आए र, निर्वाचन पनि जित्न सफल भए ।
पश्चिम दाङ माओवादी केन्द्रको कम्जोर क्षेत्र थियो । दाङ क्षत्र नं.३(२) मा पर्ने २५ वटा वडा मध्ये स्थानीय तहको २०७९ को निर्वाचनमा माओवादी केन्द्रले दुई वटा वडा मात्रै जितेको थियो । त्यो निर्वाचन क्षेत्रमा, निर्वाचन जित्न त्यति सहज थिएनन्, तर, मास्कीले चुनाब जिते । चुनाब जितेपछि उनले मन्त्री बन्ने पनि अवसर पाए । त्यसपछि मास्कीप्रति नागरिकको अपेक्षा झनै बढ्यो । १४ बैशाख २०७९ मा मन्त्री नियुक्त भएपनि, १ जेठ २०७९ मा प्रदेश तत्कालिन आर्थिक मामिला मन्त्रीको जिम्मेवारी पाए । अर्थमन्त्रीको जिम्मेवारी पाएपछि १ महिनामा बजेट ल्याउनु पर्ने समय थियो । एक महिनाको तयारीले मात्रै उनले ल्याएको बजेट लोकप्रिय नै बन्यो । पश्चिम दाङमा त उत्साह नै छायो, भने समग्र प्रदेश भर उनले ल्याएको बजेटले सन्तुलन नै कायम ग¥यो ।
उनी दाङ क्षेत्र नं.३(२)बाट निर्वाचित सांसद समेत भएकाले पश्चिम दाङलाई बढि नै प्राथमिकता दिनु स्वभाविकै पनि थियो । कुनै समय १० लाखसम्म पनि बजेट नआउने पश्चिम दाङमा एकै पटक अरवौं बजेट आयो । दाङको विकट कर्णाली भनेर चिनाउने गरिएको त्यो क्षेत्र विकट नै थियो । सबै क्षेत्रबाट उपेक्षामा परेको क्षेत्र थियो । त्यसले गर्दा अहिले परेको बजेटले समग्र जिल्लालाई नै सन्तुलन गर्ने गरि तुलनात्मक रुपमा अलि बढि बजेट पश्चिम दाङमा गयो । त्यसले पश्चिम दाङ पनि‘दाङ’ नै हो, भन्ने खालको सन्देश जिल्लाभर दियो । पश्चिम दाङलाई तुलसीपुर (संघीयता भन्दा पहिलेको अञ्चल सदरमुकाम) र जिल्ला सदरमुकाम घोराहीसंग जोड्नकालागि बीचमा पुलको आबश्यकता थियो । ति सबै खोलामा पुलकालागि बजेट बिनियोजन भयो । जो की, निर्वाचनका क्रममा पश्चिम दाङका जनताले तुलसीपुरलाई जोड्न खोलामा पुल निर्माणकालागि बजेट माग गरेका थिए । दाङकै विकट क्षेत्रका रुपमा रहेको गंगटेसम्म जोड्ने गरि सडक र पुलमा बजेट प¥यो ।
बबई गाउँपालिकाको हापुरेदेखि गंगटे पुग्न २३ किलोमिटर मात्रै हो । तर, बर्षादमा सडकबीचका खोलाहरुमा पुल नहुँदा उपचारलगायत अन्य कार्य गर्न एक दिन पैदल हिड्नु पर्ने बाध्यता छ । त्यसलाई मध्येनजर गरि हापुरे–गंगटे सडकमा तीन वटा खोलामा पुलकालागि बजेट परेका छन् । रिम खोलीमा बेलीवृज पुलकालागि ५० लाख, तिनतलेमा बेलिबृज पुल निर्माणकालागि ५० लाख भांगावारीमा बेलिबृजकालागि ५० लाख बजेट परेको छ । त्यस्तै तुलसीपुर देखि हापुर जोड्ने सडक अन्तर्गत पर्ने तुलसीपुर १ भमके खोलमा पुल निर्माणकालागि १ करोड, शान्तिनगर ३ पातेटाकुरा खोलामा पुल निर्माणकालागि ७५ लाख, बौलाखोला माथिल्लो बाटोमा पक्कीपुल निर्माणकालागि १ करोड, बबई गाउँपालिका अन्तर्गत राजीखरे खोलामा पुल निर्माणकालागि ७५ लाख बजेट परेको छ । त्यस्तै ट्वाङखोलामा डिपीआरसहित पक्की पुल निर्माणकालागि १ करोड ५० लाख,पुरन्धारा हुँदै मलै जाने सडकको बबई नदीमा पुल निर्माणकालागि डीपीआर गर्न १५ लाख तथा बकरीया सरुवाडाँडा गोल्टाकुरी कालितारा सडकमा पुल निर्माणकालागि १ करोड २५ लाख बजेट परेको छ ।
यी खोलामा पुल नहुँदा बर्षादको समयमा आवतजावतमा निकै समस्या हुने गरेको थियो । खोलामा पानीको बहाब बढ्दा आवतजावतमा समस्या हुने गरेको थियो भने सवारी नै बगाउनेसम्मका समस्या नागरिकले भोग्दै आएका थिए । तर, अब ति खोलामा पुल बनेपछि ति समस्या हटेर जाने नागरिकले अपेक्षा गरेका छन् ।
पश्चिम दाङकै ‘लाइफ लाइन’का रुपमा रहेको गहतेखोलादेखि बाघमारे हुँदै हापुरे जोडिने माथिल्लो सडक स्तरबृद्धिकालागि पनि बजेट हाले । त्यसको कामको प्रक्रिया अघि बढि सकेको छ । पुल र सडकलाई बहुबर्षिय बनाएर पूरा गर्ने लक्ष्य छ ।
गंगटेमा प्रहरी नहुँदा हरेक कामकालागि हापुरे आउनु पर्छ । त्यसलाई मध्येनजर गरि सोही स्थानमा प्रहरी चौकी स्थापनाकालागि बजेट बिनियोजन परेको छ । यस्तै सडक,खानेपानी, शिक्षा, स्वास्थ्यलगायतमा बजेट परेको छ । दाङमा मात्रै प्रदेशबाट १६ सय बढि योजनाहरु परेका छन् । जो की बर्षौं, बर्षसम्म नआएको बजेट मास्कीले एउटा बजेटमा नै धेरै समेट्न सफल भए । त्यो उनको क्षमता हो । उनी हरेक कुराका सुक्ष्म रुपमा अध्ययन गर्ने र छोटो समयमै उपलब्धी दिन सक्ने क्षमताको नेता हुन्, भन्ने कुरा यसले पनि पुष्टि गरेको छ ।
त्यो लोभलाग्दो सक्रियता
जनप्रतिनिधि भनेको जनताको प्रतिनिधि हो । जसले जनताका हरेक समस्यासंग जुध्न सक्नु पर्छ । विगतमा निर्वाचनको बेला गाउँमा फर्किने र जितेपछि एक पटक पनि मुख नदेखाउने प्रबृति थियो । त्यसले जनतामा राजनीतिक दलप्रति वितृष्णा पैदा गरेको थियो । त्यसलाई चीर्ण मास्की सफल भए । उनी मन्त्री हुँदा होस्, वा सांसद मात्रै हुँदा पनि जनताकै बीचमै रहे । जनताका हरेक समस्यामा एकाकार गरे । त्यसले गर्दा उनी आबद्ध पार्टी माओवादी केन्द्रमा पनि आकर्षण बढ्यो । पश्चिम दाङमा पार्टी प्रवेशको लहर नै चल्यो । त्यो निर्वाचन जितेपछि गाउँ नफर्किनेहरुप्रतिको जनताको अघोषित प्रहार नै थियो । ‘नेता गाउँ फर्के, जनता कही गएका छैनन्, जनता गाउँमै छन्’, मास्कीको बुझाई यही थियो । जनताले नेतृत्वबाट हरेक समस्यासंग एकाकार गरोस्, भन्ने चहान्छन् । तर, नेतृत्वले त्यसलाई बेवास्ता गर्दा नै जनतामा वितृष्णा पैदा हुने हो ।
नेतृत्व पार्टी नेता,कार्यकर्ता तथा जनताको मनोभावना बुझ्न सक्ने हुनुपर्छ । उनी सबैको मनोभावना बुझ्छन् । कसैप्रति अनाबश्यक टिकाटिप्पनी नगर्ने, सबैको भलो चहाने उनको स्वभाब छ । भन्छन्‘नेतृत्वले समाजलाई सकारात्मक मार्गमा लैजाने हो, कसैप्रति नकारात्मक भावना राख्नु हुँदैन ।’ समाजलाई मिलाएर लैजान सक्ने खुबी भएकै कारण पनि उनीसंग बालबालिकादेखि, युवा हुँदै जेष्ठ नागरिक पनि आकर्षित हुन्छन् । उनको एउटा स्वभाब छ‘सुक्ष्म रुपमा अध्ययन गर्ने र समाधान गर्ने ।’ त्यसले गर्दा पनि उनी छिटो–छिटो कार्यसम्पादन गर्न सक्छन् ।