अपडेट
धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू

मन्त्री थप्ने तयारीमा लुम्बिनीका मुख्यमन्त्री चौधरी

अल्पमतमा परेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सरकार जोगाउने दौडधूपमा लागेका छन् । बहुमत जुटाउने कसरत गर्दै उनी मन्त्री थप्ने तयारीमा छन् ।

केन्द्रमा बनको नयाँ समीकरणअनुसार चौधरी दौडधूपमा लागे पनि बहुमत पुग्ने सम्भावना न्यून छ ।

लुम्बिनी सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले नागरिक उन्मुक्ति पार्टी (नाउपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र एक स्वतन्त्र सांसदलाई मन्त्री बनाउने तयारी रहेको जानकारी दिए ।

नागरिक उन्मुक्ति पार्टीबाट २, लोसपाबाट १ र स्वतन्त्रतर्फका १ जनालाई मन्त्री बनाउने मुख्यमन्त्री चौधरीको तयारी छ ।

‘आज हेरौं के हुन्छ, भोलिसम्म मुख्यमन्त्रीले मन्त्री थप गर्ने सम्भावना छ’, पाण्डेयले लोकान्तरसँग भने ।

मुख्यमन्त्री चौधरीले शनिवार बुटवलमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसँग गोप्य भेटवार्ता गरेका थिए । बुटवलको एक होटलमा कांग्रेसबाट मुख्यमन्त्री बनेका चौधरी, प्रदेश सभा सदस्य धनेन्द्र कार्की र प्रतिनिधि सभा सदस्य दीपक गिरीबीच छलफल चलेको थियो ।

नाउपाका प्रदेश सरकारका मन्त्री धर्मबहादुर चौधरी लुम्बिनी प्रदेशमा नाउपाले थप एक मन्त्री र एक राज्यमन्त्री मागेको बताइएको छ ।

नयाँ समीकरणअनुसार मुख्यमन्त्रीले माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गरिसकेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शपथ लिए पनि लुम्बिनीका मन्त्रीले राजीनामा दिएका छैनन् ।

 

८७ सदस्यीय लुम्बिनी प्रदेश सभा लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्तिका ४/४, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ३/३, स्वतन्त्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका १/१ जना सांसद छन् ।

लुम्बिनीमा १० राजनीतिक दलको प्रतिनिधित्व छ । राप्रपाका एक जना सांसद भ्रष्टाचारको आरोप लागेपछि निलम्बनमा परेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *