एक साताको अवधिमा बजारमा सुनको मूल्य प्रतितोलामा छ हजार रुपियाँले बढेको छ । गत साताको शुुव्रmबार प्रतितोला एक लाख १९ हजार रुपियाँमा कारोबार भएको सुनको मूल्य यस साताको शुुक्रबार ढेर तोलामा एक लाख २५ हजार रुपियाँ पुुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूूल्य बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । नेपाल सुुनचाँदी व्यवसायी महासङ्घका अनुसार सातको पहिलो दिन आइतबार प्रतितोला एक लाख २१ हजार रुपियाँमा कारोबार भएकोमा सोमबार सोही मूल्य कायम रहेको छ ।
यस्तै मङ्गलबार पुुनः बढेर एक लाख २३ हजार रुपियाँ पुुगेको महासङ्घले जनाएको छ ।
बुधबार एक लाख २३ हजार पाँच सय रुपियाँ पुुगेको सुनको मूल्य बिहीबार एकै दिन तोलामा एक हजार पाँच सय रुपियाँले बढेर एक लाख २५ हजार रुपियाँ पुुगेको छ । फागुुन लागेसँगै बजारमा सुनको मूूल्य निरन्तर बढ्दै गएको छ ।