तुलसीपुर ,२६ फागुन
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल(एन प्याब्सन) तुलसीपुरको अध्यक्षमा सुमन केसी चयन हुनुभएको छ ।
एन प्याब्सन दाङको तुलसीपुरमा सम्पन्न १६ औं साधारणसभा तथा पालिका अधिवेशनबाट केसी अध्यक्षमा चयन भएको जिल्ला अध्यक्ष भोजराज न्यौपानेले जानकारी दिनुभयो ।
समितिको उपाध्यक्षमा लिलाधर भण्डारी,सचिवमा रमेश पौडेल,कोषाध्यक्षमा हिमाल जिसी र सदस्यमा वीरबहादुर वली चयन हुनुभएको छ । एक उपाध्यक्ष र एक सदस्य पछि समितिले मनोनित गर्ने गरी सात सदस्यीय कार्यसमिति विस्तार भएको छ ।
पालिका अधिवेशनबाट तुलसीपुर सहित सात पालिकामा संयोजक समेत चयन गरिएको जिल्ला अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । जसअनुसार तुलसीपुर उपमहानगरपालिकाको संयोजकमा सुमन केसी,घोराही उपमहानगरपालिकामा रविन चौधरी,बबई गाँउपालिकामा बुद्धिराम चौधरीलाई संयोजक चयन गरिएको छ । यस्तै शान्तिनगर गाँउपालिकामा रणबहादुर बोहोरा,दंगिशरण गाँउपालिकामा नारायणप्रसाद शर्मा,राप्ति गाँउपालिकामा चम्पकराज कार्की र राजपुर गाँउपालिकामा टोपेन्द खनाललाई संयोजकमा चयन गरिएको छ ।
एन प्याब्सन दाङको जिल्लाका दश पालिका मध्य बंगलाचुली गाँउपालिका बाहेक बाँकी नौ स्थानीय तहमा पालिका स्तरीय समिति रहेको छ । जसमध्य लमही नगरपालिका र गढवा गाँउपालिकाको संयोजक चयन गर्न भने बाँकी रहेको छ ।