अपडेट
लुम्बिनी प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न जातिय बिभेद तथा छुवाछुत सम्बन्धि दुइदिने कानुनी साक्षरता हिमाल एकेडेमी ले मनायो ८ औँ राष्ट्रिय भलिबल दिवस  आज जेठ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस प्रेस सेन्टरले पत्रकार महासंघ दाङमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने आज जेठ ७ गते सोमबार को राशिफल हेर्नुहोस सञ्चारकर्मी आस्था के सी ले सार्वजनिक गरिन “जनयुद्धका चिठी” कर्णाली प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न मोहनी एकादशीको महत्त्व ? लागुपदार्थ दुर्व्यसन न्यूनिकरणबारे वक्तृत्वकला प्रतियोगिता तुलसीपुरको बेल्झुन्डिमा बस दुर्घटना हुदा १५ जना घाइते राजपुरमा आगलागी पिडितको घर बनाउन खटिए नेकपा का कार्यकर्ता सन्दिप लामिछाने निर्दोष साबित: अब विश्वकप खेल्ने एकै आर्थिक बर्षमा तिन वटा शवदाह गृह निर्माण हेर्नुस् आज जेठ २ गतेको राशिफल राप्ती बबई क्याम्पसमा तालाः गार्ड हटाउन नपाउने बिद्यार्थीको माग हेर्नुस् आज जेठ १‌ गतेको राशिफल नेपालीले धानेको भारतको बजार तुलसीपुर उद्योग बाणिज्य संघ को अध्यक्षमा बिनिल के.सी निर्वाचित आज बैशाख ३० गते आइतबार को राशिफल हेर्नुहोस

२४६ बर्ष पुरानो सूदयरामेश्वर मन्दिर(शिवालय) बिजौरी को इतिहास

बिशाल बिश्वकर्मा,फागुन २४

विश्वको सबैभन्दा ठुलो उपत्यकाको रूपमा रहेको दाङ उपत्यका प्राकृतिक सौन्दर्यता एवम ऐतिहाँसिक धार्मिक पर्यटकिय स्थलहरुले छुट्टै महत्व बोकेको उपत्यका हो । दाङमा थुप्रै धार्मिक ऐतिहासिक महत्व बोकेका पर्यटकिय स्थलहरु रहेका छन । जसमध्ये एक हो सूदय रामेश्वर शिवालय मन्दिर, बिजौरी ।। जसलाई स्थानियहरु शिवालय को नामले चिन्ने गर्दछन ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १८ स्थित ऐतिहासिक धार्मिक महत्व बोकेको सूदयरामेश्वर शिवालय मन्दिर एक महत्वपूर्ण ऐतिहासिक धार्मिक स्थल हो । यो मन्दिर तुलसीपुर उपमहानगरपालिका वडा नं १८ बिजौरी भोजपुर सडकखण्ड अन्तर्गत बिजौरी बजार देखि करिब ७०० मिटर दक्षिणमा रहेको छ ।

सूदयरामेश्वर शिवालय मन्दिरको आज भन्दा २४६ बर्ष पहिले वि सं १८३४ मा स्थापना भएको मानिन्छ । किम्वदन्ती अनुसार दाङको प्रमुख विर्ता मध्ये एक मानिने मजगैयाँ पोख्रेलहरुमा बिद्याधंर उपाध्याय पोख्रेल नाम गरेका एक प्रसिद्ध व्यक्ति थिए । उनि पछिका पाँचौं पुस्तासम्म एक एक जनाको वंशवृक्ष सन्तान कायम रहेकाले वंश वृद्धि हुन सकेको थिएन । यहि मध्य पूर्खाको छैठौं पुस्ताका रुपमा लक्ष्मीनारायण पोख्रेलको जन्म भएको थियो । लक्ष्मीनारायण पोख्रेल कर्मनिष्ठ विद्वान साथै कर्मकाण्ड तथा तन्त्र समेतमा निपूर्ण थिए । ऐतिहासिक किम्वदन्ती अनुसार लक्ष्मीनारायण पोख्रेलले आफ्नै घरमा सिद्ध पुरुषको दर्शन पाएका थिए । ईतिहासका आधारमा लक्ष्मीनाराण पोख्रेलले सूदयरामेश्वर शिवालयको स्थापना गरेर ठूला ठूला यज्ञहरु लगाएको सुन्नमा पाइन्छ ।

 

किम्वदन्तीका अनुसार एकदिन लक्ष्मीनारायण पोख्रेल आफ्नो पुजा गर्दाको वस्त्र र रुद्राक्षइ रुद्राक्षको भोटी लगाएर आफ्नो नित्य पुजा गर्दै गर्दा एकजना योगी त्यसैबेला घर बाहिर आएर अलग जगाउदै भित्र बाट आएको मानिसलाई “खै यो घरको मूली कहाँ छन् बोलाउ” भन्दै प्रश्न गरे, पुजा कोठामा रहेका लक्ष्मीनारायण पोख्रेललाई खबर पुग्यो र लक्ष्मीनारायण पोख्रेल पुजा गर्दाकै भेषमा बाहिर आए र योगीलाई शिष्टाचार गर्दै “महात्मालाई ‌के टक्राउँ ?” भन्दै प्रश्न गरे । महात्माले भने “तिमीहरुको सन्तान धेरै पुस्तादेखि एक एक हुँदै आएका रहेछन्, त्यसैले मैले तिमीबाट केहि लिँदैन बरु उपदेश गर्न आएको हुँ”यति भन्दा लक्ष्मीनारायण पोख्रेलले “आज्ञा होस् महात्माको म उपदेश सुन्न लालायित छुू‌” भने । पुनः महात्माले भने “तिमीले परम्परादेखि देउखुरीको चर्सा रकम ब्राह्मणले‌ खान नहुने द्रव्य खाएका रहेछौ, सन्तान वृद्धि नहुने कारकतत्व भएकोले आजसम्म आर्जित उक्त रुपैयाँ जम्मा गरी एक ठाउँमा राखेर त्यसमाथि शिवलिङ्ग स्थापना गर्नु र त्यस ठाउँमा बगैंचा लगाउनु त्यसपछि तिम्रो सन्तान वृद्धि हुनेछ” भनी महात्मा त्यहाँबाट अन्तर्धान भएका रहेछन ।

 

 

महात्माको‌ भनाई सुनेर त्यस भनाई अनुसार लक्ष्मीनारायण पोख्रेलले आफ्नो पुत्र रत्न सूदयराम जन्मिसकेकोले पुत्रको नाम जोडी सूदयरामेश्वर महादेव मन्दिरको स्थापना गरेकाे पाइन्छ । महात्माको भनाई अनुसार गरेपछि रत्न सूदयराम बाट ४ छोराहरु भएकोले सन्तान वृद्धीको लागी स्थापित सन्तानेश्वर महादेव स्वरुप रत्न सूदयराम सूदयरामेश्वर भएको पाइन्छ ।

फाेटाेः बिशाल बिश्वकर्मा ( २०८० )

महात्माको भनाइ अनुसार बगैंचा पनि लगाईएको थियो तर अहिले भने बगैंचाको‌ नाम निशान समेत रहेको पाइदैन । शिवलिङ्गको स्थापना गरि बनाईएको शिवालय पहिले कुलाको तटमा अवस्थित रहेको र ठाउँ‌ सानो भएकाले त्यहि बगैंचा भएको ठाउँमा सारिएको बताईन्छ ।

 

 

 

हाल मन्दिर भएको ठाउँमा पहिले गुम्बज आकारको पुरानो दाँचाको‌ मन्दिर रहेको थियो । उक्त मन्दिरलाई जिवनारायण र वामदेवको प्रमुखत्वमा वि सं १९२१ सालमा भारतको बलरामपुरका मिस्त्रीहरुले बनाएका थिए ।

 

 

त्यसपछि पं रामप्रसादज्यूको जनता महाविद्यालय सन्चालक समितिको सचिवत्वको कालमा वि सं २०२२ सालमा मन्दिर बनेको थियो र उक्त मन्दिर पनि फुटेर जिर्ण भैसकेकोले पुन वर्तमान मन्दिर श्रीधर मजगैयाँको अध्यक्षताको कार्यकालमा वि सं २०५३ सालमा रु। १,३१,३५२ अक्षरुपि एक लाख एक्तिस हजार तिन सय बाउन्न रुपैयाँको‌ लागतमा निर्माण भएको हो ।

फाेटाेः सागर सुबेदी ( २०८० )

स्थानीय सरकारले चासो देखाएको खण्डमा यो स्थान ऐतिहाँसिक धार्मिक पर्यटकिय स्थलको रुपमा विकसित हुन सक्छ । आन्तरिक तथा बाह्य पर्यटकको लागी आकर्षणको केन्द्र बन्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *