२४, फागुन
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तबबीच भेटवार्ता भएको छ । श्रेष्ठ र श्रीवास्तबबीच सिंहदरबारमा भेटवार्ता भएको हो ।
श्रेष्ठ परराष्ट्रमन्त्री भएको भोलिपल्टै उनलाई भेट्न राजदूत श्रीवास्तव मन्त्रालयमा पुगेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार श्रेष्ठलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएका थिए ।
भेटमा राजदूत श्रीवास्तवले परराष्ट्रको जिम्मेवारी सम्हालेकामा श्रेष्ठलाई बधाई तथा शुभकामना दिए । परराष्ट्रमन्त्री श्रेष्ठ र राजदूत श्रीवास्तवबीच नेपाल–भारत द्विपक्षीय हितका विषयमा कुराकानी भएको मन्त्रालयले जानकारी गराएको छ ।