रोशन बोहरा, फागुन २३
मन्दिर जान्छु भन्छे बहिनी, पठाउ म कसरी ?
शिक्षकबाटै बलात्कार हुन्छे, पढाउ म कसरी ?
भरोसा छैन अब आफ्नै बुबा र दाजुभाइको
पापिहरुको नजरबाट बहिनी बचाउ म कसरी ?
रोशन मेरो नाम ,क्षेत्री थर, रुकुम पश्चिम घर । म एक पुरुष हुँ तर कहिलेकाहीँ आफुले आफैलाई खुब घृणा गर्छु । एउटा महिलाको यौनिबाट जन्म लिएर उसैको स्तनबाट निस्केको दुध पिएर आफ्नो भोक र प्यास मेटाएको पुरुष, ठुलो हुने बित्तिकै महिलाको तिनै दुई अङ्गको चाहानामा मरिमेट्छ ।
यदि चाहानाहरु असफल भयो भने चाहाना र प्यास मेटाउन बलात्कार र हत्या जस्तो तरिका अपनाउछ । जुन आमाको स्तनबाट तिमिले दुध चुस्यौ, जुन काखमा हुर्कियौ, ठूलो भयौ । फेरि तिनै आमाको छातिमा कुदृष्टि फैलायौ अब भन यो पुरुष शब्द कति लाजमर्दो छ ? सबैका सबै पुरुष दाेषी छैन, थोरै ब्याँसोहरुले गर्दा पुरुष शब्दको बदनाम भएको हो । जब कुनै एक नारीको थोरै अङ्ग देखिन्छ तब पुरुषले छातीको चौडाइ र नाभिको गहिराई नापेर उनको प्रशंसा गर्छ। अनि तपाईं सोध्नु हुन्छ मलाई ! ए त कहाँ थिस ? त्यस बखत कानुनको आँखामा पट्टि बाँधेर दोषीको बयान सुनाइ न्यायको वकालत गर्दै थिए त्यस बखत म बोल्न सकिन ।
यहाँ त अत्ति भयो ! अब आगोमा ओकलेर
कयौं निर्मला, भागरती र सालिन पोख्रेल जस्ताका बलात्कारीलाई जिउदै चितामा दहन गर्न चाहान्छु ।
तब मात्र एक पुरुष समर्थक हुने छु