अपडेट
मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न युवा अभियानले कर्णालीमा पुस्तकालय बनाउने अभियानको सुरवात सहित पुस्तकालय दिवस मनाउदै विद्यार्थी पलायनलाई न्यूनीकरण गर्न विद्यार्थी संगठनको भूमिका कविता : बाल अधिकार – शुभम देवकोटा डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम वडा नम्बर सातको बाल संजालको अध्यक्षमा रिजन तिम्सिना सयपत्री दोहोरी घरले मनायो आफ्नो तेस्रो बार्षिकोत्सव : दिनदुखीलाई ३ बर्षमा १ करोड बढी सहयोग स्थापना दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले गर्यो दिप प्रज्वलन कविता : तिम्रो प्रेमको वियोग – शुभम देवकोटा तुलसीपुरमा विभिन्न संघ संस्था द्वारा पुष्प बृक्षा रोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न

चिराइतो र नबशिला मुक्तक संग्रह बिमोचन

मुक्तककार बद्रि उप्रेतीको मुक्तक संग्रह‘ चिराइतो’ र नवराज पोखरेल नवशिला को मुक्तक संंग्रह ‘नवशिला‘ दुई कृति एकै साथ लोकार्पण गरिएको छ ।दुई कृतिहरुको आज एक भव्य समारोहका बीच लोकार्पण गरिएको हो । शनिबार काठमाण्डौं  स्थित लिलाध्वज साहित्य प्रतिष्ठानको हलमा ती कृतिहरुको विमोचन गरिएको हो।

कुल २९९ वटा मुक्तक समेटिएको ‘चिराइतो ’ र ४०० वटा मुक्तक रचना समेटिएका ‘नवशिला’लाई नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष वियोगी बुढाथोकी, मुक्तिनाथ साहित्य समाजका अध्यक्ष कलानिधिदाहाल , लिलाध्वजथापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा , बरिष्ठ साहित्यकार तथापत्रकार वियोगी बुढाथोकी, हामी र हाम्रो समुहका अध्यक्ष मदन नेपाल, साहित्यकारहरु सारदा आचार्य गौत्तम,  गंगाआचार्य सेढाईं, प्रा डा गोविन्द सिंह कार्कीं, नारि श्रष्टा समाजकी अध्यक्ष ममता मृदुल लगायतले संयुक्त रुपमा लोकार्पण गरे । कार्यक्रममा साहित्यकार तथा स्रष्टाहरुको निकै ठूलो जमघट थियो ।

यसअघि आफ्ना सयौं सिर्जनाहरुलाई विभिन्न माध्यमबाटको बाहिर ल्याइसकेका मुक्तककार बद्री उप्रेतीको व्यक्तित्व र उनको कृतित्वमाथि स्रष्टाहरुले खुलेरै टिप्पणी गरेका थिए । त्यस्तै मोरङका साहित्यकार तथा मुक्तककार नवराज पोखरेलको नवशिला कृतिकावारेमा साहित्यकारहरुले उर्जाशिल र मुक्तककारका रुपमा रहेका र्सिजनशिल सष्ट्रा नवशिला रहेको उपस्थित सष्ट्राले बताए ।

कार्यक्रममा ‘चिराइतो’मुक्तक को समीक्षा गर्दै प्रा.डा गोविन्द मान सिंह कार्कीले बद्रि उप्रेतीको साहित्यिक यात्राको प्रशंसा गरे । उनले उप्रेतीमा समकालीन साहित्यकार तथा मुक्तकारहरुमध्ये छुट्टै दर्शन र व्यक्तित्व आफूले पाएको बताए । ‘उहाँको लेखन यात्राबाट मानिसले सम्पत्तिबाट होइन, सानो–सानो कुराबाट नै खुशीपाउँदो रहेछ भन्ने देखिन्छ ।’ उनले भने ्, खुशीप्राप्तगर्ने वा सन्तोष पाइने माध्यम साहित्य साधनापनि रहेछ भन्ने बद्रि उप्रेतीबाट सिक्न सकिन्छ ।’

मुक्तक संग्रह ’नवशिला’को समीक्षा गर्दै ममता मृदुल ले एक शालीन र सरल व्यवहारका सशक्त मुक्तककार नवराज पोखरेल नवशिला रहेको आफूहरुले पाएको दाबी गरे । ‘नवराज पोखरेलको मुक्तकहरुको बढी विशेषता जीवनको अनुभवबाट निक्लिएर आएको छ ।’ उनले भनिन, उहाँका मुक्तकमा जीवनबोध र दायीत्वबोध छ । उहाँ समाज र समयका खारिएका चित्रकार जस्तो देखिनुहुन्छ ।’

हामी र हाम्रो समुहका अध्यक्ष मदन नेपालले दुई मुक्तककारहरु आफैमा सफल मुक्तककारहरुका  रुपमा स्थापित भइसकेको उल्लेख गर्दै भने, जीवनलाई सोचेजस्तो अगाडि बढाउन साहित्यको महान परिभाषादिनुभएको छ प्रेमिल भावनाबाट ओतप्रोत भएर ।’

यस्तै मुक्तिनाथ साहित्य समाजका अध्यक्ष कलानिधि दाहालले वद्री उप्रती र नवराज पोखरेलका सिर्जनाहरुमा आफूले उर्वरता देखेको टिप्पणी गरे । ‘उहाँहरुकाे सिर्जनाहरुमा उचाई, गहिराई र बिस्तारित रुप देखिन्छ । यी तीन चिज जुन सिर्जनामा हुन्छ, त्यो नै उत्कृष्ट मुक्तक बन्छ, विमोचित कृतिका सिर्जनामा यी चिज भेटिन्छन् ।’ उनले भने, आफ्नो मौलिकताकाय मै राखेर मुक्तककारहरुले मुक्तक कोर्न सक्नुपर्छ, सिर्जना गर्न सक्नुपर्छ ।’

दुवै कृतिबाट एक÷एक मुक्तकहरु उपस्थित सर्जकरुले समेत वाचन गरेका थिए । आफुहरुले साहित्यको विकासका लागी भएपनी आफनो सिर्जनाहरुलाईलाई आम पाठक समक्ष ल्याएका विमोचित कृतिका लेखकहरुको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *