अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

स्वर्गीय लोकबहादुर के .सी को नाममा जग्गा सहयोग

बिशाल बिश्वकर्मा,फागुन २०, तुलसीपुर दाङ   

तुलसीपुर उपमहानगरपालिका वडा नं ५ स्थित सयपत्री दोहोरी घरको‌ कार्यलयमा सयपत्री दोहोरी घरका अध्यक्ष दिपक वलीको अध्यक्षतामा बसेको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं ४ बस्ने कविराज खत्री र खुमराज खत्रीले स्वर्गिय लोक बहादुर के.सी को लागि सयपत्री दोहोरी घरको नाममा तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्थित गाईडरमा रहेको पाँच धुर जग्गा सहयोग हस्तान्तरण गरेका हुन ।

 

कार्यक्रमको सम्बोधन गर्दै सयपत्री दोहोरी घरका अध्यक्ष दिपक वलीले जग्गा सहयोग गर्ने प्रति धन्यवाद प्रकट गर्दै उनले तुलसीपुर उपमहानगरपालिका वडा नं ३‌ राम्री बस्ने स्वर्गिय लोक बहादुर के .सी क्यानसरको उपचार गर्दागर्दै दु:खद निधन भएको थियो र उनको उपचारका क्रममा रुपैयाँ सम्पत्ति सबै सकिएको हुदा सयपत्री दोहोरी घरको‌ सहयोग द्वारा स्वर्गिय लोक बहादुर के.सी को परिवारलाई घर बनाइदिने प्रतिबद्धता दिएको थिए र त्यो प्रतिबद्धता अनुसार आज जग्गा उपलव्ध गराई अब केहि समयमै घर निर्माणका लगि अघि बढ्न लागेको वलिले बताएका‌ छन ।

जग्गा सहयोग गर्ने कविराज खत्री र खुमराज खत्रीलाई अध्यक्ष वलिले उनिहरुको सहयोगका लागि सम्मान सहित सम्मान पत्र सम्मान गरेका हुन ।

 

कार्यक्रममा प्रमुख अतिथिका‌ रुपमा समाजसेवी तथा व्यापारि राजेश वलि रहेका थिए । बिशिष्ट अतिथिका‌ रुपममा खुमराज खत्री, कविराज खत्री र‌ अतिथिका रुपमा चित्र बहादुर वलि, राष्ट्रिय सङ्गीत कर्मी दाङ जिल्ला सदस्य हर्क बहादुर बि.क को उपस्थिती रहेको थियो ।

 

चित्र बहादुर वलिको शुभकामना मन्तब्य बाट सुरु‌ भएको‌ कार्यक्रम सयपत्री दोहोरी घरका अध्यक्ष दिपक वलीले समापन गरेका थिए । कार्यक्रमको सहजिकरण भिम वलि (एसबि) ले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *