अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

ज्ञानज्योति मा नमुना संसद अभ्यास प्रतियोगिता

फागुन १६, तुलसीपुर
तुलसीपुर उपमहानगरपालिका वडा नं ६ बरुवागाउँ स्थित ज्ञानज्योेति मा.वि मा नमुना संसद अभ्यास प्रतियोगिता सम्पन्न भएको छ । नेपाली संसदिय पद्धतीको ज्ञान बिद्यार्थीलाइ सिकाउने उद्धेश्य सहित प्रतियोगिता आयोजना गरिएको थियो । ज्ञानज्योति मा कानुन संकायमा अध्ययनरत बिद्यार्थीलाइ लक्षित गरि आयोजना गरिएको कार्यक्रममा बिद्यार्थीले कानुन संकायमा पढेका र टेलिभिजनमा देखेको संसदिय व्यवस्था तथा कानुन निर्माण प्रक्रिया बारे व्यावहारिक ज्ञान प्रत्यक्ष रुपमा हाँसिल गर्ने अवसर प्राप्त गरेका थिए ।

सोमराज बस्नेतको स्वागत मन्तव्यबाट सुरुवात भएको कार्यक्रममा नेपाल प्रेस युनियन दाङ जिल्ला अध्यक्ष नारायण खड्का ले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । हिँजो फागुन १५ गते संविधान सभा सदस्य बुद्धिराम भण्डारी ले उद्घाटन गरेको नमुना संसद कार्यक्रमको आज समापन गरिएको हो ।
समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्रिय सभा पूर्व सदस्य कोमल वलीले नमुना संसदहरुलाइ नेपाल को संसदिय व्यवस्था र कानुन निर्माण प्रक्रिया बारे प्रकाश पारेकि थिइन । नमुना संसदहरुलाइ आफ्नो अनुभव सु्नाउदै राजनितिक अवस्था, संसदिय व्यवस्था, कानुन निर्माण प्रक्रिया र माननिय भैसके पछिको अनुशासन, काम कर्तव्य र मर्यादा बारे प्रकाश पार्दै बिद्यार्थीहरुलाइ यस्ता कार्यक्रमले किताबी ज्ञानलाइ व्यावहारिक ज्ञानमा बदल्न मद्दत पुग्ने बताएकि हुन ।

प्रतियोगितामा विभिन्न बिधामा नमुना संसदहरुलाइ उत्कृष्ट छनोट गरी प्रमाण पत्र सहित सम्मान गरिएको थियो जसअन्तर्गत उत्कृष्ट वक्तामा प्रथम यमुना विश्वकर्मा, द्धितीय सरस्वती पौडेल र तृतीय रोहन के.सी भएका थिए । यस्तै अनुसन्धान तर्फ रितु के.सी प्रथम, सन्देश मल्ल द्धितीय र जमुना बुढाथोकी तृतीय स्थान हाँसिल गरेका थिए । यस्तै नेतृत्व तर्फ अंगिता डाँगी प्रथम, राम बहादुर बोहरा द्धितीय र योगेश चौधरी ले तृतीय स्थान हाँसिल गरेका थिए ।

कार्यक्रममा बिद्यालयका एकेडेमिक कोर्डिनेटर शरद गौतम,उप प्राधानाध्यापक मनोज के.सी लगायतले बोल्नुभएको थियो ।
नमुना संसदहरुलाइ प्रशिक्षक विनोद के.सी ले प्रशिक्षण गर्नुभएको थियो । बिद्यालयका प्रिन्सिपल सुरेन्द्र जि.सीले समापन गर्नुभएको कार्यक्रमको सहजिकरण सन्तोष के.सी ले गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *