अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु

बिशाल बिश्वकर्मा, फागुन १५

दाङको तुलसीपुर उपमहानगरपालिका ५ स्थित अरनिको मैदानमा मंगलबारदेखि कुस्ती (दंगल) प्रतियोगिता सुरु भएको छ । युथ्स अफ तुलसीपुरको आयोजनामा अरनिको मैदानमा सुरु भएको प्रतियोगितामा नेपाल र भारतका पहलमानहरु सहभागी रहेका छन ।

 

युथ्स अफ तुलसीपुरका अध्यक्ष ऋषिराज लहरे(अरुण)को सभाध्यक्षतामा रहेको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका उद्योग तथा यातायात मन्त्रि माननिय सरोज थापा (रोज राणा) रहेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग तथा यातायात मन्त्री माननिय सरोज थापा (रोज राणा) ले रिवन काटेर कुस्ती प्रतियोगिता उद्घाटन गरेका हुन ।

 

कार्यक्रमको सम्बोधन गर्दै मन्त्री सरोज थापा ( रोज राणा) ले राष्ट्रको लागि खेलकुद र स्वास्थ्यको लागि खेलकुद भनि कुस्ती प्रतियोगिता‌ सफल होस भन्दै सम्पूर्ण पहलमानहरुलाई र खेलप्रेमीलाई शुभकामना व्यक्त गरेका हुन ।

 

कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा प्रदेश खेलकुद परिषद् लुम्बिनी सदस्य सचिव जयप्रकाश भट्टराई र अतिथिका रुपमा यातायात व्यवस्था कार्यालय तुलसीपुरका प्रमुख रमेश गौतम, तुलसीपुर ईलाका प्रहरी कार्यलयका कार्यालय प्रमुख डिएसपी ठाकुर पोख्रेल, प्रदेश खेलकुद परिषद् लुम्बिनी सदस्य टेक बहादुर बि.क, सशस्त्र प्रहरी निरीक्षक जयराम बस्नेत, नयाँ पाईला पुनस्थापना केन्द्रका प्रमुख सुरेश भुसाल लगायतको उपस्थिती रहेको थियो ।

 

उक्त कार्यक्रममा बिशिष्ट अतिथि प्रदेश खेलकुद परिषद् लुम्बिनी सदस्य सचिव जयप्रकाश भट्टराईले‌ कुस्ती प्रतियोगिताको अस्तित्वको लागि यस खेलको जगेर्ना गर्नुपर्ने बताएका छन । कुस्ती प्रतियोगिता खेलकुदमा रेफ्रीको भूमिकामा लुम्बिनी प्रदेश खेलकुद प्रशिक्षक राजेन्द्र पाल रहेका थिए। प्रतियोगिताको सुरुवाती दिनमा १० वटा कुस्ती प्रतियोगिता भएको हो ।

 

युथ्स अफ तुलसीपुरका सदस्य टोप‌ बहादुर वलिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण युथ्स अफ तुलसीपुरका सचिव सान्ताराम सेन्चुरीले गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *