अपडेट
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी ग्रेट अरनिको इंगलिस स्कुलको कक्षा १२ का विधार्थीलाई विदाई राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम  राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

अजम्बरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न

बिशाल बिश्वकर्मा, फागुन १४

अजम्बरी कृषि सहकारी संस्थाको ११ औँ साधारण सभा सम्पन्न भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ५ अजम्बरी कृषि सहकारी संस्थाले आज सोमबार आफ्नो ११ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

११ औं साधारण सभा अजम्बरी कृषि सहकारी संस्थाका अध्यक्ष दिपक वलीको अध्यक्षतामा बसेको साधारण सभामा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नं ५ गाउँ वेसी कृषि सहकारी संस्थाका अध्यक्ष कलिभान रोका रहेको थिए ।

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष कालिभन रोकाले कृषि सहकारी संस्थाले साना किसानहरुको पुजीलाई संकलन गरि उनीहरुको जिवनस्तर सुधार गर्नमा महत्वपुर्ण भूमिका खेलिरहेको भन्दै प्रशंसा गरे । उनले बास्तवमा किसानहरु साना नभई सबैभन्दा ठुला भएको बताएका छन । उनले किसान र मजदुरहरुको मेहनत र परिश्रमले नै राज्यका सबै तहहरु संचालन भैरहेको बताएका‌‌ छन ।

बिशिष्ट अतिथिका रुपमा धनबहादुर वलि, नवराज वलि र अतिथिका रुपमा भिम बहादुर वलि, भवानी के.सी को उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा अजम्बरी कृषि सहकारी संस्थाका सचिव उमलाल वलिले बार्षिक प्रगती प्रतिबेदन र अजम्बरी कृषि सहकारी संस्थाका कोषाअध्यक्ष सैलेन्द्र कुमार वलिले आथिर्क प्रगति प्रतिवेदन प्रस्तुत‌ गरेको थिए ।

अजम्बरी कृषि सहकारी संस्थाका अध्यक्ष दिपक वलीले कार्यक्रम समापन गरेको कार्यक्रममा अजम्बरी कृषि सहकारी संस्थाका सदस्य मिना वलिले कार्यक्रम सहजिकरण गरेकी थिइन ।

अजम्बरी कृषि सहकारी संस्थाले नयाँ सन्चालक समिति गठन गरेको हो । नयाँ सन्चालक समितिको पदाधिकारी निम्न अनुसारका छन :-

अध्यक्ष: दिपक वली

उपाध्यक्ष: मिना वलि

कोषाध्यक्ष: खिमला वलि

सचिव: भद्र बहादुर खत्री

सदस्य: रमेश जैसी

सदस्य: कुमारी बि.क

सदस्य: बैशाखी बोहरा

लेखा समितिमा :

संयोजक: सिता डि.सी

सदस्य: धन बहादुर वलि

सदस्य : राम कुमार वलि

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *