अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

पूर्व बेलायती सैनिक हरि बुढा मगरलाई बुढालाई दाङमा नागरिक अभिनन्दन

फाल्गुन १४

घुँडामाथिसम्म दुवै खुट्टा गुमाएर पनि सगरमाथा चढेका पूर्वबेलायती सैनिक हरि बुढा मगरलाई सोमबार बिहान घोराहीमा नागरिक अभिनन्दन गरिएको छ ।

 

गोरखा ग्रुपको आयोजनामा भएको नागरिक अभिनन्दनमा विभिन्न संघ संस्था शुभेच्छुकहरूको सहभागिता रहेको थियो । साँस्कृतिक झाँकीसहित घोराहीको भानु चोकबाट गाडीमा राखेर बुढालाई बजार परिक्रमा गराई उद्योग वाणिज्य संघको सभागृहमा एक कार्यक्रमबीच अभिनन्दन गरिएको हो ।

 

बुढाले गत जेठ ५ गते उनले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए । बुवा नौला बुढा मगर र आमा पुरइ बुढा मगरको कोखबाट वि।स। २०३६ सालमा रोल्पाको थवाङ गाउँपालिका ३ मिरुलमा जन्मिएका बुढा गोरखा ग्रुप दाङका सस्थापकमध्येका एक हुन् । गोरखा ग्रुप पूर्व लाहुरेहरूको संस्था हो जसले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा काम गर्दै आएको छ ।

 

सन् १९९९ जनवरी १ मा ब्रिटिस आर्मीमा भर्ना भएका बुढा सन् २०१० अप्रिल १७ को अफगानिस्तानको युद्धमा एम्बुसमा परी घाइते भएका थिए । त्यही चोटका कारण उनले दुवै खुट्टाको घुँडामाथिसम्मको भाग गुमाउन पुगे ।

 

खुट्टा गुमे पनि हौसला नगुमाएका उनले २०८० जेठ ५ गते दिनको ३ बजेर १० मिनेट जाँदा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल भए । दृढ इच्छा शक्ति, संकल्प र उच्च साहसका साथ निरन्तर खटेर राष्ट्र्रिय पहिचानका लागि अन्तर्राष्ट्र्रिय रेकर्ड राख्न सक्षम बुढा मगरलाई सम्मानस्वरूप नागरिक तहबाट अभिनन्दन गरिएको गोरखा ग्रुपका अध्यक्ष मानबहादुर बुढाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *