अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

घोराही-तुलसीपुर सडकमा आजदेखि यात्रामा ७० मिनेट समय लाग्ने

दाङ, १४ फागुन ।

घोराही-तुलसीपुर सडकमा आजदेखि ‘टाइम कार्ड’ लागु भएको छ । सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि ‘टाइम कार्ड’ लागु गरिएको हो । टाइम कार्ड लागु भएसंगै घोराही-तुलसीपुरको दुरी ७० मिनेटमा पार गर्नुपर्ने भएको छ ।

 

घोराहीको बसपार्कदेखि तुलसीपुर बसपार्कको दूरी, घोराहीको तुलसीपुर चोक र तुलसीपुरको घोराही चोकमा बस रोकिने समयसमेत गरेर ७० मिनेट राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरण प्रकाश मल्लले जानकारी दिनुभयो ।

 

आजदेखि लागु भएको टाइमकार्ड अनुसार घोराही- तुलसीपुर सडकखण्डको दुई चरणमा गरेर ७० मिनेट निर्धारण गरिएको छ । जसमा घोराही तुलसीपुर सडकखण्डको घोराही-नारायणपुर ३० मिनेट र नारायणपुर-तुलसीपुर ४० मिनेट समय निर्धारण भएको छ ।

प्रतिकिलोमिटर औसत तीन मिनेट समय निर्धारण गरेर टाइमकार्ड लागु गरिएको प्रमुख मल्लले बताउनुभयो । ट्राफिक प्रहरीका अनुसार तोकिएको समयको मापदण्ड पालना नगर्ने संवारी साधनलाई कारबाही गरिनेछ ।

शुरुमा पाँच सय, दोस्रो पटक एक हजार, तेस्रो पटक एक हजार पाँच सय जरिवाना गरिने उहाँले बताउनुभयो । पहिलो चरणमा सार्वजनिक सवारीलाई मात्रै टाइमकार्ड लागु गरिएको तर निजि सवारी साधन पनि तिब्र गतिमा चलाउन नपाउने प्रमुख मल्लले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *