अपडेट
आज मंसिर २६ गते बुधबारको राशिफल हेर्नुहोस दाङमा आर्थिक, सामाजिक तथा उद्यमशिलतामा महिला सहभागिता विषयक अन्तरक्रिया  सम्पन्न छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै

विद्यार्थीलाई अहिलेको यो विश्व बजारमा बिक्न सक्ने शिक्षाको आवश्यकता छ : के.वि वली

के.वि वली, फागुन १३ 

अहिलेको सचेत युवा विद्यार्थीहरु विद्यमान समस्याहरु प्रति आँखा चिम्लनु कदापी पनी सहि हुने छैन । सामन्ती संरचनामा अडिएको वर्तमान वुर्जुवा शिक्षा प्रणालीको अन्त्य गर्न सक्यौ भने नेपाल र नेपालीको भविष्य पनि उज्जवल हुने छ ।

 

समाजमा युवा विद्यार्थीहरुले राजनैतिक चेतनाले लैस भएर मिलिटेन्ट तथा अनुशाशित रुपमा राजनैतिक संघर्षमा भाग लिनु, राष्ट्रिय आन्दोलनलाई अझ उचाईमा पुर्याउनु, गलत चिजको भण्डाफोर गर्नु, साम्यवादी समाजको स्थापनाकोलागि संघर्ष गर्दै पुजिवादी तथा सामन्तवादी शोषणको जालोलाई उखेलेर फाल्नु हामी युवा विद्यार्थीहरुको अनिवार्य कार्य हो ।

 

तर यति बेला नेपालमा फेरि एउटा बहस चलेको देखिन्छ शिर्ष नेतृत्व गणहरुले चलाइएको अथवा उहाँहरूले भन्दै आइरहेको हामी देख्छौँ । विद्यार्थी संगठनहरुको अब कलेज क्याम्पसहरुमा काम छैन त्यो खारेज हुनुपर्छ या उ बहस चलिरहेको देखिन्छ तर उहाँ हरुले बुझ्नु पनी भएको छ, कुनै पनि बिद्यालय कलेज हरुमा पढ्ने विद्यार्थी केवल एउटा मात्र लक्ष्य बोकेका विद्यार्थी हुदैँनन त्यसैले त्यहाँ संगठन स्थापित हुन्छन् र हुनुपर्छ ।

तर यो समाज, हाम्रो अभिभावकहरुमा विद्यार्थीहरुले राजनीति गर्नु हुदैंन भन्ने परम्परावादी सामन्ती चिन्तन रहिरहे छ । वास्तविकता यो हो कि राजनीति विद्यार्थीहरुले नै गर्नु पर्दछ किनकी समाज रुपान्तरणका वाहक शक्ति भनेका राजनीतिक चेतनाले लैस भएको युवा विद्यार्थीहरु नै हुन । इतिहास हेर्ने हो भने नेपालको संविधानमा लेखिएको शिक्षामा समानता, स्वतन्त्रता,आधुनिकता तथा व्यवहारीक जस्ता कुरा केवल कागजमा मात्र सिमित छन अब त्यो कागजमा मात्र सिमित भएर हुँदैन भन्ने शिक्षित वर्ग पनि विद्यार्थी नै हो ।

 

यति मात्र हैन गहिरो गरि अध्ययन गर्ने हो भने नेपालमा पुराना पार्टीहरुको राजनीति आधार शैक्षिक संस्था नै भएको पाइन्छ नेपालका ठुला ठुला परिवर्तनकारी जनआन्दोलनको इतिहास हेर्ने हो भने हिजोको ती निरङ्कुश राणा शासकले विद्यार्थीलाई तीनधारा पाठशालाबाट चार पाटा मुडेर उपत्यकाका नाका कटाएपछि जहानियाँ राणा शासनको विरोध गर्दै विद्यार्थीहरुले देशभर जागरण फैलाएको र एकतर्फीए राणा शासन फाल्न पनि ठुलो भुमिका रहेको पाइन्छ ।

पञ्चायतकालमा विद्यार्थी आन्दोलनको परिभाषा एउटा थियो । राजतन्त्रात्मक व्यवस्था, बहुदलीय व्यवस्थामा पनि उस्तै रह्यो । तर अहिले गणतन्त्रात्मक व्यवस्था आउँदा पनि परिभाषा नबदलिँदा विद्यार्थी आन्दोलन अलिकति कहिँ कतै अलमलिएको हो कि जस्तो लाग्न थाल्नु शोभाविक हो।

 

अहिले हामी २१ औं शताब्दीमा छौं तर हाम्रो शिक्षा प्रणाली अझैँ २०२८ मा अल्झिरहेको छ । हामीलाई अथवा अहिलेका विद्यार्थीलाई यो परिवेशमा अहिलेको यो विश्व बजारमा बिक्न सक्ने शिक्षाको आवश्यकता रहेको छ । अबको शिक्षा बहस त्यहाँ हुन जरुरी छ , जहाँ हामीले देखी रहेका छौं । हाम्रा शैक्षिक संस्थाहरु हाम्रा विश्वविद्यालयहरू केवल बाहिरी देशमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने कलकारखानाको रुपमा स्थापित भैरहेको छन । दिनहुुँ आफ्नो सुन्दर भविष्य बोकेर बिदेशीएका हाम्रो नौजवान युवा विद्यार्थीहरु बाकसमा फर्किरहदा पनि दक्ष जनशक्तिको निर्माण गर्नु पर्ने शिक्षा क्षेत्र उत्पादन प्रणालीसँग असम्वन्धित रहेको छ । विश्व बजारमा शिक्षाले श्रमलाई सम्मान गर्न सिकाउदा पनि हाम्रो शिक्षा प्रणालीले घृणा गर्न उत्प्रेरित गरेको छ । त्यसैले अबको शिक्षा श्रम संग जोडिए मात्र देश विकसित हुन्छ ।

अबको शिक्षा बहस विद्यार्थी नेतृत्वले यता तर्फ गहन गर्न जरुरत छ । पार्टीहरूले बोक्ने एजेण्डा र अबका विद्यार्थीहरूले बोक्ने एजेण्डा फरक हुन जरुरत छ। अबको विद्यार्थी आन्दोलन ठुलाठुला सहरमा बसेर बन्द कोठाबाट हुदैन एकचोटी सहर छाडेर गाउँ सम्म पुग्ने सामर्थ्य नेतृत्वले राख्नु पर्छ । अबका विद्यार्थी नेतृत्वहरु नेताको चाकडी गरि शिखि सामन्ती हुनु हुदैन । अबका विद्यार्थी श्रम प्रेमी हुनुपर्छ । शिक्षा र राजनीतिविचको या त विद्यार्थी र नेताको मात्र हैन शिक्षा र श्रम, नेता र श्रमको अन्तरसम्बन्ध अन्तरनिर्भरता अन्योन्याश्रित रहनु पर्छ।

 

अबको शैक्षिक बहस निजी र सामुदायिकमा शिक्षाको लागि मात्र हैन गुणस्तरीय व्यवहारिक शिक्षाको बारेमा हुन जरुरत छ। हिजोको शैक्षिक बहस राष्ट्र बन्नेकी नबन्ने भन्नेमा केन्द्रित थियो तर आज हामी सम्म आइपुग्दा राष्ट्र रहने कि नरहने भन्नेमा पुगिसकेको छ । बिदेशी हस्तक्षेपहरु दिनहुुँ बढिरहेको छ । यस तर्फ अहिलेका विद्यार्थीहरुले ध्यान नदिने हो भन्ने भन्न सकिदैन अबको केही समयमा हाम्रो राष्ट्र रहन्छ या रहदैन । यसतर्फ हामी गहन हुन जरुरत रहेको छ। सोच्न जरुरी छ , यो समाजलाई बुझाउन जरुरी छ।

 

हामी २१ औं शताब्दीमा पुगिसकेका छौं तर पनि हाम्रो विद्यार्थी राजनीति अझै सामुहिक र निजी शिक्षामा अल्झिरहनु दुर्भाग्य हो। त्यसैले अबको हाम्रो यात्रा अझ विद्यार्थी राजनीतिको यात्रा केवल त्यति सानो सोचले मात्र हुदैँन । अहिले हामी हाम्रा बिद्यार्थीहरु स्थानीय स्तर देखी माथी सम्म निजि र सामुहिक बिद्यालयमा दुई थरिका विद्यार्थीहरु अध्ययन गरिरहेका छन भन्ने बिषयमा अलझिरहेका छौं तर अब निजि देखी सामुदायिक मात्र हैन सामुदायिक देखी अझै पनि बिद्यालय नदेखेका विद्यार्थी हरु सम्म जाने प्रयत्न गरौं।

त्यसैले अबका विद्यार्थी नेता भोलि उ नेताले जिते स्वकिय सचिव बनिन्छ कि ! कहीँ मन्त्रालयमा घुसाउँछ कि ! कहिँ जागिरीमा लगाउँछ कि ! भनेर चाकरी गरेर हैन निस्वार्थ भावनामा विद्यार्थी संगै जोडिएर विद्यार्थी राजनीति प्रति हेर्ने कुदृष्टिकोणलाई चिरौं ।। धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *