अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

दलहरुले भन्छन : गुठी पिडित मोहि किसानको न्यायका लागि एकमत छौं 

 

दाङ १३ फागुन

अनसनरत स्वर्गद्धारी गुठि पीडित मोहि किसानहरुको न्यायका लागि दाङका क्रियाशिल राजनीतिक दलहरुले सामूहिक धारणाा तय गरेका छन् । पीडित किसानहरु संगको आईतवार सर्वदलिय तथा सर्वपक्षिय छलफलमा स्वर्गद्धारी गुठि पीडित मोहि किसानहरुलेका छलफलमा राजनीतिक दलहरुका प्रतिनिधिहरुले साझा धारणा सहितको प्रतिवद्धता पेश गरेका छन् ।

फागुन ८ गतेदेखि मोहियानी हक अधिकारको माग राख्दै २४ घण्टे अनसनरत गुठि पीडित मोहि किसानहरुको न्यायका लागि सबै राजनीतिक दलहरुले एक्येवद्धता सहितको सडकदेखि सदनसम्म दबाब दिने प्रतिद्धबता सहित संयुक्त विज्ञप्ती सार्वजानिक गर्ने तय गरेका छन् ।

बैठकमा नेपाली काँग्रेसका घोराही उपमहानगरपालिका कोषाध्यक्ष प्रकाश सुवेदी, नेकपा एमालेका जिल्ला उपाध्यक्ष राममणि पाण्डे, नेकपा माओवादी केन्द्रका घोराहीका कमिटिको उपाध्यक्ष अटल चौधरी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रविन थापा, नेपाल कम्युनिष्ट पार्टी नेकपा जनक सी , नागरिक उन्मुक्ति पार्टीका रामप्रसाद चौधरी, नेकपा समाजवादीका गुुरुप्रसाद महरा लगायतकाले यस्तो प्रतिवद्धता सहितको आन्दोलनरत गुठि पीडित मोहि किसानको न्यायका साझा धारणा पेश गरेका हुन् ।

यसै वीच अनसनरत स्वर्गद्धारी गुठि पीडित मोहि किसानहरुको हक अधिकारका लागि समाजवादी मोर्चा घोराही स्तरिय नगर समितिले जिल्ला प्रशासन कार्यालय दाङ मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुुझाएको छ । समाजवादी मोर्चाका संयोजक अटल चौधरी र सदस्य सचिव शक्तिराम डाँगी लगायतहरुको उपस्थितीमा ज्ञापनपत्र बुुझाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *