अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवक मारिए

फाल्गुन १३,
रोल्पा —रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवकको युत्रेनी सेनाको आक्रमणमा परी मृत्य भएको छ । रुसी सेनाको क्याम्पमै रहेका बेला युक्रेनी सेनाले ड्रोनबाट गरेको आक्रमणमा परेर रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रानागाउँका ४४ वर्षीय युवा घनसिंह पुनको मृत्यु भएको परिवारले जनाएको छ ।

तीन महिनाअघि भारत हुँदै रुसी सेनामा भर्ना हुन पुगेका उनको मृत्यु भएको उनीसँगै रहेका रोल्पाका एक र दाङ निवासी अर्का साथीले घरसम्म खबर पुर्‍याएपछि घनसिंहको मृत्यु भएको पुष्टि भएको हो । उनीसँग नेपालका करिब एक दर्जन युवाले सैन्य तालिम लिने तयारीमा थिए । उनका साथीहरू रोल्पा लिबाङका एक जना र आफन्तसमेत पर्ने दाङको घोराहीमा बस्ने अर्का युवाले आफूहरू मुस्किलले बाँच्न सफल भएको तर घनसिंहको आक्रमणमा परेर मृत्यु भएको खबर सुनाएका हुन् ।

मृत्यु हुनुअघि उनले एक महिनाको तलब पाएको तर घरमा पठाउन नसकेको बताएका थिए । त्यस अवधिमा उनले अब कमाउन आएकाले चिन्ता नगर्नसमेत बताएका थिए । घनसिंहका दाइ नाता पर्ने डम्बर पुनले गत मंसिरमा भारत हुँदै दुबईको बाटोबाट रुस पुगेको बताए । ‘बाहिर गएर कमाइ गर्ने योजनामा भएको जानकारी थियो, तर एकैपटक रुस पुगेर मृत्यु भएको खबर सुन्दा हामी दुःखी भएका छौं,’ उनले भने । आर्थिक समस्यामा परेकाले कमाइ गर्न बाहिर देश जान खोजेको तर त्यहाँ पुग्न पनि पैसा नभएको उनले बताउने गरेको डम्बरको भनाइ छ ।

घनसिंहले रुस जानकै लागि ११ लाख रुपैयाँ ऋणसमेत लिएका थिए । परिवारले मृतक पुनको शव नेपाल ल्याउन र क्षतिपूर्तिको व्यवस्था गरिदिन नेपाल सरकारसँग आग्रह गरेको छ ।

रुस पुग्नुअघि उनी दुई वर्ष कतार बसेका थिए । चाहेजस्तो कमाइ नभएपछि फर्केर दाङमा मोबाइल पसल चलाएका थिए । त्यसअघि उनले रोल्पाको लिबाङमा समेत मोबाइल पसल सञ्चालन गरेका थिए । सानैमा बुबा आमा गुमाएका उनका कान्छा भाइ कमल वैदेशिक रोजगारीमा खाडीमा छन् भने दुई छोरी र एउटा छोरा पढाउन श्रीमती दाङमा छिन् । घटनापछि घर र गाउँ नै शोकमग्न भएको त्रिवेणी गाउँपालिका–७ का वडाध्यक्ष भानबहादुर घर्तीमगरले बताए । उनले गैरकानुनी तरिकाले रशिया पुगेका वडाका दुई युवा भने फिर्ता आइसकेको बताए ।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जिल्लाबाट रुस वा अन्य गैरकानुनी तरिकाले विदेश पुगेकोहरूको तथ्यांक संकलन गर्नुपर्ने बताए । उनले गैरकानुनी तरिकाले कानुनले जान नदिएको मुलकमा पुगेर अफ्ठेरो व्यहोर्नुभन्दा पहिले नै नजान आग्रह गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *