अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

नेदरल्यान्ड्सले टस जित्यो, नेपालले पहिले ब्याटिङ गर्ने

आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । आइतबार बिहान त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

 

टोलीमा नेपालले दुई परिवर्तन गरेको छ। नेपाली टिममा आरिफ शेख र गुल्सन झा खेल्दैछन् । देव खनाल र सोमपाल कामी बेन्चमा छन् ।

 

यसअघिका तीन खेलमध्ये एक खेलमा मात्र जीत निकालेका दुवै टोली आज विजयी नतिजाका साथ जारी शृंखला अन्त्य गर्ने लक्ष्यमा छन् ।

 

 

नेपाल यसअघि पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको नेपाल तेस्रो खेलमा पुनः नामिबियासँग दुई विकेटले पराजित भएको थियो ।

 

नेदरल्यान्ड्सले नेपालसँग हार बेहोरे पनि दोस्रो खेलमा नामिबियालाई सात विकेटले हराएको थियो । तेस्रो खेलमा भने नामिबियाविरुद्ध २४ रनले पराजित भएको थियो ।

 

पहिलो शृंखलाका चार खेल खेलिसकेको नामिबिया लिग–२ तालिकाको शीर्ष स्थानमा छ । नामिबियाको ६ अंक छ ।

 

समान तीन खेल खेलेका नेपाल र नेदरल्यान्ड्स भने दुई अंकसहित क्रमशः तालिकाको दोस्रो र तेस्रो स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *