अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

ज्ञानज्योतिमा फुड फेस्टिवल:एचएमका बिद्यार्थीले आफैले पकाएको खाना खुवाए

दाङ । तुलसीपुर स्थित ज्ञानज्योति स्कुलमा होटल म्यानेजमेन्ट अन्तर्गत कक्षा १२ ‌मा पढ्ने विद्यार्थीहरुले आफुले बनाएका विभिन्न परिकार अभिभावक तथा शिक्षकलाई खुवाएका छन । विद्यार्थीहरुलाइ पढ्दै आफुले सिकेका सिपलाई व्यवहारिक रुपमा प्रयोग गर्ने अवसर मिलेको हो ।

 

आईएसटी कलेज काठमाण्डौको सहकार्यमा ज्ञानज्योति स्कुलले शनिबार आयोजना गरेको ‘फुड फेस्टिवल’ मा होटेल म्यानेजमेन्ट पढ्ने विद्यार्थीले आफुले बनाउन जानेका विभिन्न परिकार बनाएका थिए ।

 

ज्ञान ज्योति स्कुल तुलसीपुर र इन्टरनेसनल स्कूल अफ टुरिजम होटल म्यानेजमेन्ट आईएसटी कलेज काठमाडौँको सहकार्यमा ७ दिने तालिमकाे आयोजना गरिएको हो । कलेजका सिइओ सुरेन्द्र जिसीको अध्यक्षता तथा आईएसटी कलेज प्रमुख सम्झना बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि बस्नेतले होटेल म्यानेजमेन्ट पढ्ने विद्यार्थीलाई रोजगारीका अवसर प्रशस्त रहेकोले लगनशिल हुनुपर्ने बताउनुभयो । विद्यालयका भाईस प्रिन्सिपल मनोज कुमार केसीले तत्काल रोजगारीको सम्भाव्यता भएको होटल क्षेत्र नै भएको बताउनुभयो ।

कलेजका होटल म्यानेजमेन्टका प्रमुख संयोजक बसन्त रावतले ज्ञानज्योति स्कुलले विगत १५ वर्षअघिदेखि होटल म्यानेजमेन्ट पढाउन शुरु गरेको बताउनुभयो । कार्यक्रममा विद्यार्थी पिपला सुवेदी, रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी लगायतले बोल्नुभएको थियो ।

बिद्यार्थी पिपला सुबेदी ले होटल म्यानेजमेन्ट भान्सा मा मात्र सिमित छ भन्ने समाजको बुझाइ र भाँडा माझ्नु मात्र होटल म्यानेजमेन्ट पढेको बिद्यार्थी ले गर्ने काम हो भन्ने कुरा आफुले सोही बिषय अध्ययन गरे पछि वास्तवमा गलत रहेको अनुभव बटुलेको र होटल म्यानेजमेन्ट पढ्दा बोलि बचन संस्कार मा परिवर्तन आउने आफ्नो अनुभव सुनाउनु भएको थियो ।

कार्यक्रममा धन्यवाद ज्ञापन विद्यालयका सहायक प्रीन्सीपल मनाेज के सी र कार्यक्रमको सहजीकरण शिक्षक सन्तोष केसीले गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *