अपडेट
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस । दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

गुरु जजुर नमुना मा वि को ६९ औं वार्षिकोत्सव सम्पन्न

बिशाल बिश्वकर्मा, फागुन ११ गुरु जजुर नमुना माध्यमिक विद्यालयले ६९ औं वार्षिकोत्सव मनाएको‌ छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ४ स्थित गुरु जजुर नमुना माध्यमिक विद्यालयले आज आफ्नो ६९ औं वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननिय डिल्ली बहादुर चौधरीको प्रमुख आथित्यमामा कार्यक्रम रहेको‌ हो । उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननिय डिल्ली बहादुर चौधरीले शिक्षा राम्रो भयो भने शिक्षाले दक्ष जनशक्तिको उत्पादन गर्दछ जसले गर्दा देश विकासमा समेत टेवा पुग्ने मुख्यमन्त्री चौधरीले बताएका छन । मुख्यमन्त्री चौधरीले आफुलाई यसै क्षेत्रबाट भोट दिएर निर्वाचित गराएको र यस क्षेत्रको कृषि तथा भौतिक विकास गर्ने प्रतिबद्धता दिएका छन ।

कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष‌ डा. नहकुल केसी, तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरी रहेका थिए । कार्यक्रममा अतिथिको रुपमा तुलसीपुर उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष तुलसी थापा, तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा प्रमुख चक्र भण्डारी, तुलसीपुर उपमहानगरपालिकाका कार्यकारी सदस्य लक्ष्मण बि क , गुरुजजुर नमुना माध्यमिक विद्यालयका सल्लाहकार सुरेन्द्र बहादुर खड्का लगायतका को उपस्थिति रहेको थियो ।

गुरुजजुर नमुना माध्यमिक विद्यालयको प्रधानाध्यापक बिष्णु कुमारी के सीले शिक्षाले‌ धेरै कुराको ज्ञान बढाउने र शिक्षा मानिसको‌ जिवनमा आवश्यक रहेको बताएकी छिन। गुरु जजुर माध्यमिक विद्यालयले ६९ औं वार्षिक उत्सव मनाउदै विभिन्न साँस्कृतिक नृत्यहरुको प्रस्तुती गरेको थियो । बार्षिक उत्सवमा विद्यालयले‌ उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको हो । सो कार्यक्रममा गरिब तथा जेहेनदार , दलित लगायत विभिन्न विद्यार्थी लाइ उचित छात्रवृत्ति पनी बितरण गरिएको हो ।

सहायक प्रधानाध्यापक प्रमोद कुमार न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकमणि पोख्रेलले समापन गरेका थिए भने कार्यक्रम को सहजिकरण बिद्यालयका शिक्षकहरु लेवेन्द्र के सी र‌ घनश्याम डाँगीले‌ गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *