११,फागुन काठमाडौं ।
थापाथलीस्थित प्रसुती तथा स्त्रीरोग अस्पताल को कम्पाउन्ड भित्र बाट बच्चा चाेरी भएकाे छ ।
काभ्रेपलाञ्चोक चौरीदेउरालि गाँउपालिका ३ घर भई काठमाडौंको कपन बस्ने बर्ष २२कि सबिना श्रेष्ठ ले बोकि राखेको २६ दिनको छोरी लाई एक अपरिचित महिलाले चाेरेर फरार भएकी हुन् ।
ती अपरिचित महिलाले एक छिन म समाति दिन्छु भन्दै छलेर बच्चा लगि महिला फरार भएकाे प्रहरी जनाएको छ । बच्चा चाेरी गरेर भाग्ने महिलाकाे प्रहरीले व्यापक खोजतलास गर्दै छ ।