बिशाल बिश्वकर्मा, फागुन १०, तुलसीपुर
“योगदान राष्ट्रको लागि” अभियानको दाङ जिल्ला समिति पुन:गठन भएको छ ।
प्राथमिक उपचार सम्बन्धित सामाजिक क्षेत्रमा काम गर्ने अभियान बोकेर “योगदान राष्ट्रको लागि” अभियानले दाङमा जिल्ला समिती पुन: गठन गरेको हो । स्वास्थ्य क्षेत्रमा सामान्य ज्ञानको अभावमा धेरै जना व्यक्तिहरु अकालमै ज्यान गुमाउने भएको हुनाले जीवन रक्षार्थको लागि प्राथमिक उपचार सम्बन्धि जनचेतना मुलक तथा प्रशिक्षण कार्यक्रम राखेको हो । “योगदान राष्ट्रको लागि” जनचेतना मुलक तथा प्रशिक्षण कार्यक्रम तुलसीपुर उपमहानगरपालिकाको नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा तुलसीपुर उपमहानगरपालिकाको सभा हल गरिएको थियो ।
कार्यक्रमको सम्बोधन गर्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाको नगर प्रमुख टिकाराम खड्काले सामान्य स्वास्थ्यको ज्ञान सबैमा हुन आवश्यक छ र यस्ता कार्यक्रमले व्यक्तिमा प्राथमिक उपचार गर्न ज्ञान हुने बताएका हुन ।
पुन गठित “योगदान राष्ट्रको लागि” दाङ जिल्ला समितिमा “योगदान राष्ट्रको लागि” का केन्द्रिय अध्यक्ष तथा अन्तर्राष्ट्रिय प्रशिक्षक ओम उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा केन्द्रिय सल्लाहकार यज्ञ बहादुर के सी, योगदान राष्ट्रको लागिका सोलुखुम्बु जिल्लाका अध्यक्ष दुर्गा प्रसाद राई रहेका थिए ।
योगदान राष्ट्रको लागि दाङ जिल्ला कार्यसमिति निम्नानुसारको कार्य समिति गठन भएको हो ।
अध्यक्ष: सागर सुबेदी
उपाध्यक्ष: सुसिला पोख्रेल
सचिव: दामोदर घिमिरे
सदस्य: सालिग्राम बोहरा
सदस्य: राजु बिश्वकर्मा
सदस्य: देवा पौडेल
सल्लाहकार: पवन योगी
सल्लाहकार: केशव वलि
सल्लाहकार: घनश्याम डाँगी
सल्लाहकार: बिमल के सी
यो समिति दाङ जिल्लाको लागि संस्थापक जिल्ला शाखा समिति पनि हो भने सम्पूर्ण पदमा निर्वाचित व्यक्तिहरु सर्वसम्मत हुनु भएको थियो ।
उक्त कार्यक्रमको सहजीकरण बिमल के सी ले गर्नुभएको थियो ।