अपडेट
जैविक विविधता दिवसको अवसरमा राप्ती गाउँपालिकाद्वारा वृक्षारोपण दाङमा बहुआयामिक विकासको संकेत: ग्रामीण सडक,टरिगाउँ विमानस्थल र फोरलेन योजना अघि राप्तीका महिलालाई उद्यमी बनाउन अचार बनाउने तालिम प्रदान राप्तीका उद्योगी–व्यवसायीद्वारा अघोषित लोडसेडिङ अन्त्यको माग गर्दै विद्युत् प्राधिकरणमा ज्ञापनपत्र ७५ वर्षीय वृद्धबाट ७ बर्षिया बालिकामाथि अश्लील कृत्य : वृद्ध प्रहरी हिरासतमा २५ बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद सिङ्गे गाउँको नाम परिवर्तन गरी ‘शिवनगर’ राखियो गैरभौगोलिक लुम्बिनी सम्पर्क समिति गठन, संयोजकमा दाङका पोख्रेल बाँकी के रह्यो र प्रेमले औकात खोजे पछि… राप्ती गाउँपालिकाद्वारा तह वृद्धि भएका कर्मचारीलाई पत्र प्रदान राप्तीमा आगामी निति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सुझाव संकलन राप्तीमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सुरु मापसे गरेर मोटरसाइकल चलाउँदा दुर्घटना :एकजनाको अवस्था सिरियस राप्ती गाउँपालिकाद्वारा बजार अनुगमन : केही पसलहरुमा म्याद गुज्रिएका सामग्री फेला सगरमाथा संवादको तयारी अन्तिम चरणमा ओली दम्पतिको निधनप्रति तुलसीपुर चेम्बरको दुःख व्यक्त “केही गर्नु छ देशका लागि” गीतबाट श्रीकान्त राणा क्षेत्री तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ मा सम्मानित अपाङ्गता भएका युवाहरूको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारको विषयमा नेपालगञ्जमा छलफल आफ्नै घरको सिँडिमा चिप्लिएर लडेकी वृद्धाको उपचारको क्रममा मृत्यु राप्तीमा शिक्षक तथा कर्मचारीका लागि उत्प्रेरणा एवं सांगीतिक प्रार्थना व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न

नेपाल ए आफ्नो पहिलो एक दिवसीय सिरिजमा २-१ ले पराजित, निर्णायक खेल क्यानडा एघारले जित्यो

नेपालको वैकल्पिक टीम नेपाल ए क्यानडा एघारसँगको तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा पराजित भएको छ । यससँगै तीन खेलको शृंखला २-१ ले क्यानडाले जितेको छ ।

नेपालले दिएको १८२ रनको लक्ष्य क्यानडाले ३८ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । क्यानेडिन टीमलाई जीतसम्म डोहोर्‍याउने क्रममा निकोलस किर्तोनले सर्वाधिक ५८ रनको योगदान गरे ।

नेपालका साहब आलमले ४ तथा शेर मल्ल र बसिर अहमदले १-१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ए ४७ ओभरमा १८१ रन जोड्दा अलआउट भएको थियो ।

नेपालका लागि आशुतोष घिरैयाले २८, अर्जुन कुमालले २७, बसिर अहमदले २५, सन्दीप जोराले २४, सुजन थपलियाले २० तथा रसिद खान र प्रतिश जीसीले समान १९ रनको योगदान गरे । यससँगै नेपाल एले आफ्नो पहिले एकदिवसीय सिरिजलाई बिट मारेको छ । नेपालमा पहिलोपटक वैकल्पिक खेलाडीलाई समेटेर नेपाल ए टीम बनाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *