अपडेट
राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न शी लिड्स आइकनका लागी २७ जना महिला जनप्रतिनिधि छनोट आज भदौ २६ गते बुधबार को राशिफल हेर्नुहोस आफुले बजेट हालिदिएको भन्दै लुम्बिनीका पूर्व मुख्यमन्त्री चौधरीले उद्घाटन कार्यक्रम बिथोलिदिए तरकारी खेती मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न

बालबालिकाको लागि छुट्याइएको बजेट सहि रुपमा कार्यन्वयनमा ल्याउने : वडा सदस्य पौडेल

 

 

तुलसीपुर  ८-फागुन

तुलसीपुर १९ भित्री सक्राममा किशोर किशोरीलाई नेतृत्वमा ल्याउनका केहीलाई वडाध्यक्ष केहीलाई वडा सदस्यको भूमिकामा देखाउँदै थिए युवा गणेश भण्डारी ।

 

उनले नेतृत्वकर्ताले अन्य सदस्यलाई गर्नुपर्ने व्यवहारका विषयमा केही नाटक त केही कथाबाट प्रस्ट्याउँदै थिए । नेतृत्वमा आएपछि आएका चुनौती, समस्यालाई समाधान गर्ने उपाय समेत उनले बताउँदै थिए ।

 

तुलसीपुर उपमहानगरपालिका, नगरस्तरीय युवा सञ्जाल ,सहायता केन्द्र नेपाल, नव जागरण महिला तथा बाल संरक्षण केन्द्र, नगरस्तरीय बाल सञ्जालले संयुक्तरुपमा पालिकाका १९ वटै वडाका किशोर किशोरीहरुलाई नेतृत्वमा ल्याउनका लागि प्रशिक्षण दिदै आएको छ ।

 

यसैबीच तीन दिने प्रशिक्षण कार्यक्रमको मंगलबार समापन गरिएको छ । वडास्तरीय बालसञ्जालका अध्यक्ष शुभम देवकोटाको अध्यक्षता एवम वडा नम्बर १९का वडा सदस्य रामबहादुर पौडेलको प्रमुख आतिथ्यता तथा नगर प्रमुखका प्रेस संयोजक गोकर्ण पौडेलको विशिष्ट आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भएको हो ।

 

कार्यक्रममा सहभागि मीना खड्काले विद्यालयस्तरमा गठन गरिने बाल क्लबका लागि बजेटको व्यवस्थापन गरिदिन आग्रह गरेका थिए ।

 

त्यस्तै प्रताप घर्तीले किशोरकिशोरीलाई नेतृत्वमा ल्याउनका लागि विद्यालयबाटै त्यस किसिमको वातावरण सिर्जना गर्नका लागि उत्प्रेरित गर्नुपर्ने बताए ।

 

कार्यक्रमका प्रमुख अतिथि १९ का वडा सदस्य रामबहादुर पौडेलले बालबालिकाहरुका लागि वडाबाट बजेटको व्यवस्थापन हुँदै आएको बताउँदै त्यसलाई सही रुपमा कार्यान्वयन गर्नुपर्ने बताए ।

 

कार्यक्रमका विशिष्ट अतिथि गोकर्ण पौडेलले ज्ञानबाटै नेतृत्व प्राप्त गर्न सकिने भन्दै पढाईलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरे ।

 

माध्यमिक विद्यालय भित्री सक्रामका प्रधानाध्यापक डिल्ली खत्रीले किशोर किशोरीलाई नेतृत्वमा ल्याउनका लागि अभिभावक, जनप्रतिनिधि, विद्यालय सबैको भूमिका महत्वपूर्ण रहने बताए ।

 

प्रशिक्षकहरुमा तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखाका अधिकृत विमल केसी, युवा सञ्जालका अध्यक्ष गणेश भण्डारी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *