अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

आरोह जिन्दगीको प्रथम साहित्यिक जमघट कार्यक्रम सम्पन्न

किस्मत खतिवडा, बिराटनगर,फागुन ६

आरोह जिन्दगीको साहित्यिक कार्यक्रमले आयोजना गरेको प्रथम साहित्यक जमघट नामक साहित्यिक कार्यक्रममा ओशोधारा संघ नेपालका संरक्षक एव आचार्यश्री ओशो अखण्ड ज्यू को प्रमुख आतिथ्यतामा काठमाण्डौको बागबजारमा मिति २०८० फागुन ०५ गते साहित्यिक कार्यक्रमको समुद्घाटन गरिएको हो । उक्त कार्यक्रममा ओशो अखण्ड ज्यूले विधिवत रुपमा रिवन काटी,दियो बालेर कार्यक्रमलाइ उद्घाटन गर्नुभएको थियो ।

विसुद्द साहित्यिक कार्यक्रमको तिर्खा मेटाउन अतिथिको रुपमा गजलकार डा.प्रदिप कुमार मैनाली, गजलकार आँचलकुमार शर्मा, कविवर शिव त्रिपाठी तथा एम.पि.पाण्डे ज्यूको निकै मिठा गजल तथा कविताहरु बाट खचाखच भरिएको हलमा साहित्यको चुस्की दर्शकहरुले लिने अवसर प्राप्त गरेका थिए ।
सोही कार्यक्रममा ध्यानसाधना मार्फत मानिसलाइ कसरी मान्छे बनाउन सकिन्छ भन्ने बारे केहीबेर साधना गराउदै आचार्यश्रीबाट शुरु भएको उक्त कार्यक्रममा के लत बस्यो मलाइ बोलको गजलले १ करोड दर्शक बटुलेको उपलक्ष्यमा आयोजक टिमले डा.प्रदिप कुमार मैनाली ज्यूको उक्त गजल र गजलकारको सम्मान स्वरूप केक काटेर कार्यक्रमलाइ मनोहर बनाएको थियो ।

कार्यक्रममा डा.प्रदिप कुमार मैनाली ज्यू, आँचल कुमार शर्मा ज्यूको तरन्नुम ले सबैको ध्यान खिचेको थियो भने उक्त कार्यक्रममा कवि शिव त्रिपाठी ज्युको वाचनले सबै मन्त्रमुग्ध बनेका थिए भने कविताका हरफहरुलाइ खुब मिठो लयमा एम पि पाण्डे ज्यूले गुनगुनाउनुभएको थियो ।
साहित्यलाइ अत्याधिक मन पराउने साहित्यकार तथा सम्पूर्ण साहित्य अनुरागीहरुको भेला भएको उक्त कार्यक्रममा देशका विभिन्न क्षेत्रबाट श्रोता दर्शकहरु पाल्नुभएको थियो । उक्त कार्यक्रममा अन्य आकर्षक पुरस्कार युक्त खेलले झनै मज्जा लिइरहेको दर्शकहरुले प्रतिक्रिया दिनुभएको थियो ।
यस कार्यक्रमलाइ दीपक क्षेत्री, मीना सुनार प्रेरणा, रुम्बा नेन्सी, कुल कार्की र मोनु संग्रौला क्षेत्रीज्युले प्रायोजन गनुर्भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *